दशै खर्चको बारेमा समाजको आपत्ती


लोकप्रिय समाचार
सांसद जनार्दन शर्माको निवृत कर्मचारीलाई दशैं खर्च नदिने प्रति नेपाल निवृत शिक्षक समाज सिन्धुपाल्चोकले खेद प्रकट गरेको छ । समाजका अध्यक्ष कुलप्रसाद दाहालले प्रेस विज्ञप्ती जारी गर्दै २०१३ सालदेखि दिई आएको सुविधा कटौटी गर्ने प्रस्ताव माथि गहिरो दुख व्यक्त गर्दै जनतालाई महंगीको मारमा पारेर कर समेत बढाई रहँदा पुर्व राष्ट्रसेवकले पाईरहेको सुविधा कटौटी गर्ने प्रस्ताव गर्नु घोर आपत्तीजनत कुरा रहेको बताउँदै औषधीउपचार तथा नियमित पाई आएको सुविधा कटौटी नगर्न नगराउन ध्यानाकार्षण गराईएको छ । विज्ञप्तीमा समाजको केन्द्रबाट हुने विरोधका सबै कार्यक्रममा सहजकताका साथ सहभागि हुन सबैमा अनुरोध गरिन्छ भनिएको छ । वर्तमान सरकारले एकपछि अर्को सुविधा कटौटी गरेर समाजमा अलोकप्रियता कमाउँदै गएकोमा यस्तो खालका निर्णयहरु नगर्न समेत समाजले अपिल गरेको छ ।


, ,