वास्तविक कृषकलाई ३ नं प्रदेशको अवसर


लोकप्रिय समाचार
 प्रदेश सरकार र कृषि विकास बैंकबिच १४ बुँदे सम्झौता भएको छ । ३ नं प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको विकास गरेर आत्मनिर्भरताका लागी बैङ्कसंँग सम्झौता गरेको हो । अब राम्रा काम गर्न र उत्पादनमुलक काम गर्ने सहकारी तथा कृषक समुहलाई सरकारले दिने अनुदान पनी कृषि विकास बैङ्कमार्फ दिने र अनुदानका साथै कर्जाको आवश्यक पर्ने संस्थालाइै कृषि विकास बैङ्कले तत्काल कर्जा प्रवाह गर्ने जस्ता सम्झौता भएका छन । ३ नम्बर प्रदेश सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने  उद्धेश्यले यो सम्झौता गरेको हो  । यो सम्झौता सँगै कृषि प्राविधिक, बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतपूर्ण कृषि ऋण उपलव्ध गराउनका लागि बैंकसँग समझदारी गरिएको हो । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्धमी व्यावसायीहरुलाई प्रवाह गरिने अनुदान कृषि विकास बैंकमार्फत हुने व्यवस्था गरिएको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्द्र कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर  गर्नु भएको हो । उक्त कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यही सरकारको पालामा कृषि क्षेत्रमा आमुल परिवर्तनका साथै उत्पादनमुलक काममा अगाडी बढ्दै जँहा जस्तो उत्पादन हुन्छ त्यहा त्यस्तै बिउविजनको व्यवस्था गरेर बाँझो रहेको खेती योग्य जमीनको सदुपयोग गरिने बताउनु भयो । उँहाले केही बर्ष भित्रै कृषिमा क्रान्ति ल्याउने गरी काम गरिनुपर्ने समेत बताउनु भयो । कृषिमा क्रान्ति सामुहिक खेती प्रणालीबाट मात्रै हुने भन्दै अब मिलेर खेती गर्नुपर्नेमा जोड दिनुहँदै सरकारले समृद्धिका कुरा गरिरहँदा जनताको आर्थिक उपार्जन र रोजगारी सिर्जनातर्फ पनि ध्यान दिने बताउनु भयो  । त्यसै गरि प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बैंकसँगको सम्झौताको काम सँगै कार्यान्वयन पनि तुरुन्तै गरिने बताउनु भयो । उहाँले  कृषि विकास बैङ्कले कृषि क्षेत्रमा गर्दै आएको सहयोगका प्रशंसा गर्दै अब किसानका निम्ति हरेक क्षेत्रमा काम गर्ने गरी मन्त्रालय अगाडि बढेको र यसका लागी मन्त्रालय माताहतका सबैलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले कृषि पेशालाई अगाडी ल्याएर राज्यले रोजगार र आत्मानिर्भताको लागी विशेष पहल गरिरहेको बताउँदै कृषिलाई वैज्ञानिक ढंगले यान्त्रिकरण गरेर व्यावसायिकता तर्फ लैजाने मन्त्री लामाले बताउँनु भयो ।यो  समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायिक रुपमा काम गर्नका लागि सहजता मिल्ने भएको छ । यो निर्णय सँगै नेत्रज्योती कृषि सहकारी संस्थाले बाझो जमीनको सदुपयोग गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन दिने खालका कार्यक्रम ल्याएकोमा सरकार प्रति आभार व्यक्त गर्दै उक्त निर्णय कार्यान्वयनमा आफ्नो तर्फ बाट  गर्न पर्ने सबै खाले सहयोग गर्ने जनाएको छ ।


,