नगरका कोही पनी खालीहात फर्कन नपर्ने अमानसिंहतामाङ्ग


लोकप्रिय समचार आफुले  नगरका कुनै पनी मागलाइ बेवास्था गर्ने पक्षमा नरहेको चौतारासाँगाचोकगढीनगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ ।

उँहाले चौतारासाँगाचोकगढी नगरपालीकामा उत्पादन भएका फलफुल तरकारीको सङ्कलन ब्यबस्थापन बिक्री भण्डारण सबै नगरपालीकाले गरेर स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरुको ब्यबस्थापन गर्न लागेको , नगरका नागरिकलाइ नगरमा नै रोजगारको ब्यबस्थापन गर्न लागेको बताउँदै उत्पादनमुलक कामका लागी नगरबाट खालीहात कसैलाइ पनी नपठाएको बताउँनु भयो ।
उँहाले डडुवाको झुलेटारमा तत्काल ट्रान्समिटर जडान गर्न लागेको र नगरको काठपोल मुक्त योजना रहेको समेत स्पस्ट पार्नु भयो ।
उँहाले काममा पारदर्शीता र स्थाइत्व हुन पर्ने बताउँदै डडुवामा खेर गइरहेको हलुवाबेदको सदुपयोग गर्ने   बाँझोरहेको जमीनलाइ उत्पादनमुलककाममा  प्रयोग गर्ने तिमुर खेती जस्ता आबश्यक  योजनाको शुरु गरेको  डाँडा भसाएर खानेपानीको ब्यबस्था गरेको , जस्ता नँयानँया काम गरेकोमा आफु डडुवाबासी प्रती खुशी रहेको समेत उँहाले बताउँनु भयो ।
चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ ले आयोजना गरेको सार्बजनीक सुनुवाइ कार्यक्रममा बोल्दै तामाङ्गले यस्तो बताउँनु भएको हो ।
सो कार्यक्रममा पुर्ब गाबीस उपाध्यक्ष समेत रहनु भएको स्थानीय समाजसेवी  बाबुराम  नेपाल शर्मा ले स्थानीय सरकारमा रहनेहरुले स्थानीय नागरिकको चाहना अनुसार काम गर्न पर्ने बताउँदै   जनताहरुको अती महत्वपुर्ण तथा नभइ नहुने अत्याबश्यक सेवामा धेरै कर लिन नहुने र हरेक कामहरुको पारदर्शीताको आबश्यकता रहेको बताउँनु भयो । 
बिद्यालय ब्यबस्थान समितीका सदस्य समेत रहनु भएका आर्का समाजसेवी उद्धब नेपालले सार्बजनिक सुनुवााइ कार्यक्रममा बिकाशका बजेटहरु आबको अन्तमा आएर सम्पन्न गर्न हतारो गर्ने परिपाटीको अन्त्य गरि समयमा नै कामको सम्पन्नतामा  ध्यान दिन पर्ने बताउँदै यस्ता सार्बजनीक सुनुवाइ कार्यक्रममा बिषयगत उपभोक्ता समितीका अध्यक्षहरुलाइ समेत उपस्थिती गराउँन पर्ने गाँउका बिपक्षीदल तथा संघ सङ्गठनका प्रतिनिधी तथा  स्थानीय नागरिकहरुको ब्यापक उपस्थिती रहनु पर्ने उपभोक्ता समितीहरु गठन गर्दा एकलौटी गर्न नहुने सार्बजनीक सुनुवाइ कार्यक्रममा जनताका कुरा सुन्ने गर्न पर्ने कुनै पनी काममा एकलौटी हुन नहुने  भन्दै आगामी दिनमा यस्ता बिषयमा पनी ध्यान दिन पर्ने बताउँनु भयो । कार्यक्रममा डडुवाभवानी शङ्करमाबीका प्रधानध्यापक एबम समाज सेवी  बद्री प्रसाद नेपालले  जँहा शिक्षाको बिकाश  हुन्छ त्यँहाका सबै खाले बिकाश हुन्छ ।
संञ्चार शिक्षा र कृषीलाइ बिकाशका लागी एकै साथ अगाडी बढाउँन सके मात्र  आत्मानिर्भरतामा सक्षम हुन सकिने बताउँदै शिक्षाको बिकासका लागी सबै मिलेर अगाडी बढ्न  पर्ने बताउँनु भयो । बिकाशका कामहरुमा सबैलाइ समानरुपले हेरेर  आबश्यकतालाइ सम्बोधन गर्न सके मात्र  स्थानीय नागरिकले स्थानीय ले सिंहदरबारको अधिकार गाँउमा आएको  महशुस  गर्ने बताउँनु भयो । कामगर्ने पात्र जो पनी हुन सक्छ समग्रमा गाँउको बिकाशका लागी सबै एक भएर अगाडी बढ्न पर्ने बताउँनु भयो ।
उँहाले गत बर्ष देखी नै डडुवाभवानी शङ्करमाबीले बिदाको दिनमा पनी बिद्यालय संञ्चालन गरी आधारभुत शिक्षा प्रदान गर्ने गरेको बताउँनु भयो । सामुदायक बन उपभोक्ता महासंघका रामचन्द्र बस्नेतले एक्लैले केही गर्न नसकिने हुँदा सामाजीक कामगर्ने अभियान्ताहरुलाइ  यस्ता कार्यक्रममा अझ बढी  सहभागी गराएर उनीहरुको पनी सुझाब र सल्लाह अनुसार काम गर्दा  अझ राम्रो हुने भएकाले  सबैलाइ समेटेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।वडा नं १४का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले सहभागीहरुको जिज्ञासा मेट्दै गत  आब २०७५।७६मा   आफ्नो वडाले कृषी पकेट क्षेत्र घोषणा गर्नका लागी बिभिन्न कार्यक्रम गर्दे आइरहेको र आगामी बर्ष पनी यसलाइ निरन्तरता दिने बताउँनु भयो ।
उँहाले  वडाका गौरवका योजना डडुवा हाँडीखोला लिफ्रट खानेपानी आयोजना , गैरीटार नगर उद्यान निमार्ण आयोजनाको   डिपिआर   सम्पन्न भइसकेको बताउँदै अध्यक्ष श्रेष्ठले मुलधारा चिल्ड्रन पार्कको डिपिआर तयार हुदै गरेको र झ्रयाडि नमुना एकिकृत वस्ति निमार्ण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । वडामा रहेको ३ वटा  विद्यालय डडुवा भवानी शङ्कर माबी,श्री सेतीदेबी आधारभुत बिद्यालय, र श्री झमलादेबी आधारभुत बिद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ सम्म पढाउनु सुरु गरेको र विदाको समयमा पनि आधारभुत तहका विद्यालयहरु संचालनमा ल्याएर नमुना कार्यको सुरुवात गरेको  बताउँनु भयो  ।
उक्त समारोहमा वडामा रहेर वडाबासीहरुको सुबिदाका लागी हरेक समय सहयोग गरिरहेको भन्दै वडाकार्यलयका कर्मचारी जिबन भण्डारीलाइ बिषेश सम्मान गर्दै वडा सचिब आशीष श्रेष्ठलाइ पनी सम्मान सहित बिदाइ गरिएको  थियो ।कार्यक्रम वडा सदस्य भेष बहादुर नेपालले संञ्चालन गर्नु भएको थियो


, , , , ,