फरार प्रतिवादी पक्राउ


लोकप्रिय समचार जिल्ला प्रहरी  कार्यलय सिन्धुपाल्चोकले  साधारण चोरी र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । १महिना कैद र २३०००÷हजार तेईस हजार भुत्तानी गर्न बाँकी रहेका साधारण चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक साविक पाङग्रेटार गा.वि.स वडा नं. ७ हाल सुनकोशी  गां.पा. वडा नंं ७ बस्ने वर्ष ४४ को विदुर खडका र  २ वर्ष कैद भुत्तानी गर्न बाँकी रहेका सवारी ज्यान मुद्दाका फरार प्रतिवादी  सिन्धुपालचोक साविक पाङग्रेटार गा.वि.स. वडा नं. ९ हाल सुनकोशी गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ५१को रघुनाथ कार्कीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा  पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका सुिचना अधिकारी समेत रहनु भएको प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले जानकार िदिनु भएको छ । उँहाका अनुसार   प्रतिवादीहरुलाई खाडीचौर बजारमा लुकिछिपी हिडिरहेको छन् भन्ने विषेश सुचनाको आधारमा प्रहरलिे त्यस तर्फ खोज तलास गर्दा फेला पारी नियन्त्रणमा लिई  प्रतिवादीलाई कैद भुत्तानको लागी श्रँवण८ गते जिल्ला अदालत,सिन्धुपाल्चोमा चौतारामा पेश गरिएकोमा सम्मनित अदालतको आदेशले निज प्रतिवादीलाई जिल्ला कारागार कार्यालय,सिन्धुपाल्चोक चौतारामा पठाइएको छ ।


,