लोप हुने अवस्थामा पुग्दैछ हवेलि


रुपक  पुरी
लोकप्रिय समाचार
जिल्लाको यतिहासिक स्थल हवेलि प्रचारप्रसार  तथा सरकारि उपेक्षाका कारण लोप हुने अवस्थामा  पुगेको छ ।
तत्कालीन  मुख्तियार  जनरल भिमसेन थापाको साइलो भाइ जनरल रणविर सिह थापाले सिपाप्युघर , वाडेगाउ , सिपा तिनघरे र भोताङ धुपगाउ हाल डुपगाउमा समेत गरि जम्मा  ४वटा हवेलि निर्माण  गरि प्रत्येकमा सिलालेख राख्न  लगायका थिय । सिलालेख भोताङमा हालसम्म  पनि कायमै  रहेको पाइन्छ  । उक्त  सिलालेखमा काठमाडौंको हनुमानढोकादेखि हवेलिसमम्मको वाटोको दुरि १८ कोष उल्लेख  गरिएको छ । कालदाङखर्क , दोङचेगाङ, वेनदानचेत, माउर हिले , ताङ्गखर्क , पाञ्चेत, माङगन र ताकुसमेत गरि हवेलिमा आउने जानेलाई  खान दिनुभनि तत्कालीन  राजा राजेन्द्र  विक्रम  शाहवाट तत्कालीन  कर्णेल  रणविर सि थापाको नाममा १८९० सालको हवेलि ताम्रपत्र वक्स भयको पाइन्छ  । हवेलिको खोज तथा अनुसन्धानको लागि हालसम्म  सरकारि स्तरवाट कुनै  पहल  भयको पाइयको छैन ।
पुरातत्व विभागको ध्यान या छेत्रमा नपुगेकाले यसको विकास हुन नसकेको पाँचपोखरि थाङपाल गाउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष  निमछिरिङ तामाङले  बताउनुभयो  । उहाँ  भन्नुहुन्छ  ( प्राचिन पुरातत्त्व  वस्तुको  खोजि र पहिचानका लागि चाडैनै उत्खनन  गर्नुपर्छ । नत्र विस्तारै  लोप भइ  राष्ट्र लाइनै ठुलो घाटा लाग्ने देखिन्छ  । इतिहासकार तथा पुरातत्त्वविदहरुको आखामा समेत ओझेल परेको हवेलिलाइ उचित सम्रछेण दिनसके यस छेत्रको पर्यटन  प्रवर्द्धन  गर्न थप टेवा पुग्ने  आशा यहाँका  स्थानियवासिले गरेका छन् ।


,