मलका कारण किसान मर्कामा


 लोकप्रिय समचार सन्तोष भण्डारी
 कहीले पानीको कारण कहीले बालीमा लाग्ने रोगका कारण त कहीले  जङ्गली जनवारको कार खेती प्रती  निराशमा रहेका किसानलाइ फेरी मलका कारण झन निरासा बनाएको छ ।

सधै चैतमा पानी परेर  बैशाखमा मकै रोप्ने र असारमा नै धान रोपी सक्न पर्ने किसानको लागी कतै पानी नभएर धान रोप्न पाएका छैनन भने कतै रोपेको ठाउँमा पनी बाढी पहिरोले क्षती पुर्याइ रहेको छ ।   बाँकीभएका खेतीमा पनी रासायनिक मल नपाएर किसानहरु मार्कमा परेका छन । सरकारले कृषी पेशामा लागेकाहरुलाइ प्रोत्साहन दिनका लागी हरेका निती ल्याएको भएता पनी त्यसको खाशै उपलब्धी देखीएको छैन ।  खेतीमा नै भर पर्ने नागरिकलाइ यस बर्ष बर्ष दिनभरी खान पुग्ने अन्न उत्पादन गर्न समेत समस्या हुने देखेर चिन्तीत रहेको देखीन्छ । सरकारले रासायनिक मलमा दिने गरेको अनुदान सहकारी हरुलाइ मात्र दिने गरेको र त्यसमा पनी एकाधिकार प्रयोग गरेका कारण पहुँचवाला सहकारीले प्रयाप्त मात्रमा मल पाउँने र पहुँच नहुनेले नपाउँने हुँदा पनी यो समस्या देखीएको छ  । यो समस्या समधान गर्नका लागी मल बितरणमा खुल्ला निती अपनाउँन पर्ने आबश्यकता रहेको जानकारहरुले बताउँन थालेका छन । 

, , , ,