सिन्धुमा वडाअध्यक्षहरुको समाज गठन ७गते बृहत्तर भेला

लोकप्रिय समचार गाउँपालीका महासंघ  नगरपालीका संघ गठन भए साँगै अब सिन्धुपाल्चोकमा वडा संघ पनी गठन भएको छ । सिन्धुपाल्चोक जिल्ला रहेको   ३वटा नगरपालीका र ९ वटा गाँउपालीकामा  १०३ वटा वडा हरु रहेको छ ।

यी नै वडाअध्यक्षहरुको हकहित र संरक्षणका लागी वडाअध्यक्ष संमाज  नामक संस्था निर्माण गरिन लागेको छ । यसका लागी  चौतारा साँगाचोकगढी नगरपालिका १३ का वडाअध्यक्ष रामप्रसाद गौतमको संयोजकत्वमा जिल्ला वडाअध्यक्ष समाज तदर्थ समिती तैयार गरिएको छ ।१५ सदस्य रहने गरि गठन गरिएको समाजमा पहिलो चरणमा भने  नौ सदस्यीय समिति चयन गरिएको छ । समाजको  सह संयोजकमा हेलम्बु गाँउपालीका वडा नं ७का खेतनाथ नेपाल र सचिवमा त्रिपुरा सुन्दरी वडा नं ३का अध्यक्ष सुकदेव रिसाल रहनु भएको छ ।  सदस्यहरुमा बारबिसे नगरपालीका वडा नं २का अध्यक्ष बमबहादुर तामाङ, सुनकोशी गाँउपालीका वडा नं ३का रामहरि खड्का,पाँचपोखरी थाम्पालधापवडा नं ५का अध्यक्ष  काले गोले काले गोले,बारबिसे नगरपालीका वडा नं ३का  टेकबहादुर भण्डारी, चौतारासाँगाचोकगढी १४का वडा  अध्यक्ष शेरबहादुर श्रेष्ठ र भोकेकोशी ५का सुब्बा लामा रहेको ९सदस्य समाजको तदर्थ समिती गठन गरिएको छ । आगामी दिनमा १०३वटै वडाका अध्यक्षहरुको भेला गराएर बाँकी सदस्य थप गर्ने र बिधान समेत निर्माण गरी  अगाडी बढ्ने निर्णय भएको समाजका सचिब सुकदेब रसिालले जानकारी दिनु भयो । आगामी  भदौ ७ गते चौतारामा सबै वडाअध्यक्षहरुको भेला गराइ यसको स्थाइत्वको लागी अगाडी बढ्ने कार्यक्रम रहेको समेत रिसालले बताउँनु भयो । हाललाइ सस्थाको बिधान तथा  भेलाको लागी सबै वडाअध्यक्षहरुले रु १हजारका दरले आर्थीक समेत सङ्कलन गरेर समाजका कामहरु गरिन लागेको छ । यसको लागी गौतमकै संयोजकत्वमा नरमान श्रेष्ठ खेतनाथ नेपाल बेलबहादुर महत र सुकदेब रिसाल रहनु भएको  बिद्यान मस्यौेदा समिती समेत गठन गरिएको छ । 




, , , , , ,