खुल्यो बहुप्राबिधिक शिक्षालय चौतारामा मा भर्ना ।


 लोकप्रियसमचार ३ न.प्रदेश सामाजिक बिकास मन्त्रालयको बिषेश पहलमा निर्माण भएको  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत  रहेको चौतारासाँगाचोकगढी नगरपालीकमा रहेको बहुप्राबिधिक महाबिद्यालयमा भर्ना खुलेको छ ।

दिनेश रामजी स्मृती बहु प्रबिधीक शिक्षालय चौतारमा श्रावण ७गते देखी नै फारम बितरण भइरहेको छ भने २०गते सम्म फारम बुझाउँने अन्तीम म्याद तोकीएको छ । पन्ध्रशय परिक्षा दस्तुर तोकीएको छ भने २२गते प्रबेश परिक्षा हुने  बिद्यालयले जानकारी दिएको छ । यो बिद्यालय स्थपनाका लागी चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्ग पुर्ब माननीयहरु कृष्णराज श्रेष्ठ, सुभाष कर्मचार्य, लगायतका समाजसेबी शिक्षापे्रमेमीहरु ले पटक पटक गरेको प्रयास का साथै उँहाहरुले यस बिषयमा दिनु भएको योगदान र ३ नंम्बर प्रदेशका सामाजीक बिकाश मन्त्री समेत रहनुभएका युवराज दुलाल लगायतको बिषेश सक्रीयतामा  स्थपना भएको यो बिद्यालयलाइ प्रदेश कै नमुनाको रुपमा बिकाश गर्ने योजना रहेको छ । यो बिद्यालय चौताराको मात्र नभएर  जिल्लाबासीको  पहीचानजका साथ अगाडी बढ्ने  चौताराक्याम्पसको मात्र नभएर जिल्लाकै गौरबको कुरा भएकाले चौताराबहुमुखी क्याम्पसले यो बिद्यालय संञ्चालनको लागी  भवनका साथैे अन्य ब्यबस्थापनमा सहयोग गरेको क्याम्पस संञ्चालक समितीका अध्यक्ष कृष्णराज श्रेष्ठले बताउँनु भयो । यो बिद्यालय संञ्चालनका लागी आबश्यक जग्गाको ब्यबस्था  गरेर भवन निर्माण नहुन्जेल सम्म  चौतार क्याम्पसको भवनमा यो शिक्षालय संञ्चालन हुन लागेको हो । 


, , , , , ,