बाह्रविसेमा पहिरो रोकथामको लागि बाँस रोप्न शुरु


लोकप्रिय समाचार
वर्षा यामको सुरुसँगै बाढी र पहिरको जोखिम पनि बढेको छ । नेपालमा हरेक साल बाढी तथा पहिरोको कारणले थुप्रै मानिसहरुको मृत्यु तथा घरबार विहिन हुने गर्दछन् । बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई बृक्षारोपणले महत्वपुर्ण भुमिका खेल्दछ । कुनै पनि रुखविरुवाको जराले माटोलाई समातेर राखेको हुन्छ, जसले गर्दा माटो खुकुलो र कमजोर हुँदैन् । हालैमा बाह्रविसे नगरपालिकाले पहिरो तथा भुक्षय रोकथामका लागि भनेर दुई हजार बाँसका बिरुवा रोप्न सुरु गरेको छ ।

बाह्रविसे नगरपालिकाले डीभिजन वन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा वडा नम्बर ४ स्थित सुनकोसी सामुदायिक वनको बोक्से ओढारमा  दुई हजार बाँसका बिरुवा रोपणको कामको थालनी गरेको छ । यसै क्रममा सोमबार बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बाँसका विरुवा रोप्नुहुन्दै बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो  ।
वर्षायाममा हुने पहिरो र भुक्षयका जोखिमको कारण बाह्रबिसेको वडा नं ४ मा  बाँसको बिरुवा रोप्दा केहि हदसम्म पहिरोको रोकथाम हुने मेयर शेर्पाले बताउनुभयो । सुनकोसी सामुदायिक वन उपभोक्ता समितिले केहि दिनभित्रै दुई हजार बाँसका विरुवा रोपिसक्ने समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुएको छ । डीभिजन वन कार्यालय सिन्धुपाल्चोकले दुई हजार बाँसका विरुवा उपलव्ध गराएको उहाँले बताउनुभयो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.