बाढीपहिरोका कारण मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता प्रदेश३सरकाद्धारा राहत को घोषणा


लोकप्रियसमचार बिगत तिन देखी परेको अविरल वर्षाको कारण देशका विभिन्न ठाँउमा  बाढीपहिरो  गएर जनधनको क्षेती भएको छ । हामीलाइ प्राप्त समचार अनुसार यो समचार तैयार गर्दा सम्म बाढी पहिरो र  डुबानबाट ४३ जनाको मृत्यु भइसकेको छ ।  भने   २० जना घाइते र  २४ जना बेपत्ता रहेकोे । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ । यसै बिच प्रदेश नं ३ को मन्त्रिपरिषद्को  बैठकले प्रदेशका बाढी पीडितका लागि राहतको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश ३ मा आएको बाढीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति रु एक लाख राहत दिने घोषणा गरेको राससले जनाएको छ । साथै प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरुमा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिएको छ । सरकारको मातहतमा नरहेका तथा अन्य अस्पतालमा उपचार गराएवापत घाइतेलाई उपचार खर्च प्रति व्यक्ति रु २५ हजार दिने घोषणा गरिएको सामागीक बिकास मन्त्री युबराज दुलाल शरद ले जानकारी दिनु भएको छ  । बैठकले बाढी र पहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानाकारी दिनुभएको छ । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।बाढी पहिरोबाट जनधनको उद्धारका तथा अवरोध भएका सडक तथा बाटो खुलाउनका लागि प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमूख, प्रहरी नायब महानिरीक्षकहरुसहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित गरिएको छ ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.