इमान्दारीताको कमाइ मिठो हुने ः जानुका पराजुली


राधीका गिरी लोकप्रियसमचार
इमान्दारीताको कमाइ मिठो हुने जुन कर्मचारीले कर्तब्य निष्ठ भएर काम गर्छ त्यस्ता कर्मचारी सँधै प्रिय हुने चोतारा साँगाचोकगढी नगरपालीकाको उप प्रमुख जानुका पराजुलीले बताउँनु भएको छ ।
उँहाले जनप्रतिनीधीलाइ सफल र असफल बनाउँने काम कर्मचारीकै भएकाले चौतारा साँगाचोकगढी नगरपालीकाका कर्मचारीहरुको सफल कामका कारण बिबादरहित तरिकाले हरेक काम सँपन्न भएको  बताउँदै  नगरपालीका आफनो  उद्धेश्यमा पुग्न सफल भएको  बताउँनु भयो ।
उँहाले चौतारासाँगाचोकगढी नगरपालीकामा कार्यरत चुँडामणी पराजुलीलाइ बिदाइ गर्दै उक्त कुरा बताउँनु भएको हो । त्यसै गरि  प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद बस्यालले काम गर्ने दौरानमा सबै कर्मचारीले राम्रो गर्न खोज्दा पनी केही कमी कम्जोरी हँदा  गाली खान पर्ने हुन्छ तर त्यो गाली अथवा भनाइले काममा थप उर्जा मिल्ने बताउँदै नगरपालीकामा रहेर नगरको काममा सदाबार खटेर काम गरि नगरपालीकालाइ मात्र होइन नगरका नागरिकहरु समेतको  मन जित्न सफल भएकै कारण पराजुलीलाइ नगर सभाले समेत सम्मान गरेको  बताउँनु भयो ।
साथै   आगामी दिनमा जुन कार्यलयमा रहेको भएता   पनी यसरी नै सहयोग गरीरहन अनुरोध गर्नु भयो ।  सिन्धुपाल्चोक जिल्लामा लामो समय सम्म रहेर काम गरिसक्नु भएका पराजुली  नगरपालीका भए देखी प्रायःनगरको काममा रहनु भएको थियो ।
आफु बिदाइ भएर काभ्रेपलाञ्चोक जिल्लाको मालपोत कार्यलयमा जानलागेको बताउँदै कर्मचारीले सरकारले खटाएको ठाँउमा गएर इमान्दारीताकासाथ काम गर्न पर्ने बताउँनु भयो । चौतारासाँगाचोकगढी नगरपालीकामा उँहाको बिदाइ गरिएको थियो । दुर्गा प्रसाद ढुङ्गेलले संञ्चालन गर्नु भएको बिदाइ समारोमा वडा नं१३का अध्यक्ष, तथा समाजीक बिकास समितीका संयोजक रामप्रसाद गौतम एबम वडा नं ५का वडाअध्यक्ष तथा आर्थीक बिकास समितीका संयोजक नरमान श्रेष्ठ लगाएत कार्यलयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।