बिबाद मा पर्दै जल्केनी सचाई धर्म


 सुजन खड्का
लोकप्रियसमाचर सिन्धुपाल्चोक जिल्ला चौतारा सागाँचोकगढी नगर पालिका वडा न ८ मा रहेको सचाई धर्म बिबाद मा परेको छ ।

स्थानीय हरुलै युगौ देखी मान्दै आएको कालकिा देबीको मन्दीर  र आसपासमा पोहोर गरेपछी यो बिबादमा आएको हो । सचाइ केन्द्र नामक संस्था वडा ८ मा परे पनि वडा नं १० को छेउमा रहेको छ । हरेक शनिबारका दिन बिरामी निको बनाइदिने नाममा मानीसहरुको भिड लगाउँने उक्त केन्द्रमा प्रर्थाना गर्न लगाइन्छ ।
स्थानीय वडा १० का  बिष्णु बहादुर बोगटी,ले सबै मानीसहरुको आआफनै स्वतन्त्रथा हुन्छ हामीले धर्मको बिरोध गरेको पनी होइन तर युगौ युग देखी मान्दै आएको हामी  हिन्दुहरुको आश्थाको केन्द्र रहेको शक्ती पिठ कालीका देबी मन्दीरमा  फोहोर गरेको कारण हामीले उक्त कार्यको बिरोध गरेको बताउँनु भयो अर्का स्थानीय  कुमार कार्कीले  घर्म सँंग हाम्रो केही रिसिबि छैन तर यो सचाई जब बाट १० नं वडा नजिकै आयो त्यस बेला   देखि नै  यस  १० वडा मा रहेको कालिका मन्दीर क्षेत्रमा  फोहोर गर्ने जथाभाबी चक्का बजाएर बाताबरणलाइ समेत अशर पार्ने काम गरेकाले  यस प्रती हाम्रा आपत्ती रहेको बताउँँनु भयो ।
कालीका मन्दीर , गौल्मा देबी  र जाल्पा मन्दीर नजीकै रहेको फोर गरेको र बजार एरिया मा धेरै नै हल्ला हुने र घेरै को घर मा परिबारमा   समेत पुरानो संस्कार नमान्ने  भएकाले घरायसी झगडा हुने  भएकोले यस सम्बन्धमा पटक पटक सल्लाहा दिदा पनि नमाने पछि बिबाद मा  आएको स्थानीय बिबेक भण्डारी ले बताउँनु भयो केही दिन अगाडी वडाको मेलमिलाप केन्द्रमा समेत यस बिषयमा स्थानीयको पहलमा छलफल भएको भएता पनी यो बिबादको टुङ्गो लागेको छैन ।
यस सम्बन्धमा सच्चाइ केन्दै का संञ्चालक नेत्र बहादुर गिरीले कतै फोहोर नगरेको र आफ्नो मनले चिताएका काम गरेको सबैले एक भएर सच्चा काम गर्नु र सच्चाबाटोमा हिड्न का लागी यो केन्द्र स्थपना भएको बताउँदै  कतै पनी फोहोर नगरेको राम्रो कामको बिरोध मात्र भएको बताउँनु भयो । मण्डलीमा  आराम सँग बस्ने हो भने करिब ४० ४५ जना भन्दा बढी मानीस बस्ने ठाँउ छैन तर  दूइ शय भन्दा बढी मानीसहरुलाइ खचाखच गरेर राखीन्छ र  ।  यस बिषयमा समयमा नै स्थानीय सरकारले  वास्तबिकतामा रहेर बिबाद समधान गर्न पर्ने आबश्यकता देखीन्छ । 

, , , , , , ,