सम्मृद्धतर्फ लम्कदै छ सिपाको भोताङ


रुपक  पुरी
लोकप्रियसमचार स्थानीय  निकायको चुनावपछि सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल ( ३ भोताङ सम्मृद्दितर्फ लम्कदै छ । धमाधम विकासका पुर्वाधारहरु निर्माण हुन थालेपछि यसक्षेत्रको मुहार फेरिदै गएको छ ।

भोताङ जडिबुटीको उर्वर भुमि हो । सम्रक्षणको अभावमा  यहाँका  जडिबुटी नासिदै गएकाले यो क्षेत्रलाई जडिबुटीको पकेट क्षेत्र वनाइएको वडा अध्यक्ष  निमछिरिङ तामाङले वताउनुभयो । बेरोजगारि समस्या  समाधानका लागि होमस्टे निर्माणमा वडाले प्रोत्साहन गर्ने  नीति अघि सारेको छ ।
भोताङको लार्केमा विजुलि वत्ति थियन ।अहिले वत्तिको सुविधा पुगेको  छ । गाउपालिकाकै कान्छो वडाअध्यक्ष निमछिरिङ भोताङलाइ अर्गा्निक तरकारीको  पकेट  क्षेत्र  वनाउन लागि  पर्नुभएको छ । गाउपालिकाको नीति तथा कार्यक्रममा  यसलाई  सम्वोधन गरिएको छ । लुकेको गाउँ भएकाले सञ्चार सुविधा थियन । एनटिसिको टावर स्थापनापछि  सञ्चार सेवासङ्ग नजिक भएको छ भोताङ ।
चेतना र शिक्षामा पछि परेको भोताङमा उच्च  शिक्षा  पास गर्नेको सङ्ख्या  औलामा गन्न सकिन्छ  । यसलाई  मध्यनजर  गर्दै  वडाअध्यक्ष तामाङले विचमा पढाइ  छाड्ने युवा युवतीलाई  वडा कार्यालयवाट दिने सेवा सुविधावाट वञ्चित  गर्ने  निति  ल्याउनुभएको छ । कम्तिमा १२  सम्म पढाइलाई निरन्तरता  नदिनेमा यो नीति लागू हुने अध्यक्ष तामाङले  वताउनुभयो ।
प्रसिद्ध धार्मिक  र पर्यटकीय स्थलको रूपमा चिनियको पाँचपोखरि जोड्ने २२ किलोमिटरको आकर्षक पर्यटकिय पदमार्ग निर्माण भइरहेको  छ । पाँचपोखरि स्थलमा सामुदायिक भवन, यात्रु प्रतिक्षालय , सौचालयदेखि स्नानकुण्ड छुट्टै वनाइएको छ ।
साहसिक खेलकुद हाम्रो  अभियान , धार्मिक  क्षेत्र  पाँचपोखरि राष्ट्रको पहिचान भन्ने  नारासहित तेस्रो  पाँचपोखरि ट्रेल म्याराथान २०१९ हुने भयको छ । पाँचपोखरि मेलाको अबसर पारेर म्याराथान गर्न लागिएको हो । खेलकुदको विकास गर्ने उदेश्यले खेलमैदानको निर्माण  सम्पन्न  भएको छ ।
ग्रामीण  भेगमा कागजि काम मात्रै  गरेर योजना सम्पन्न  हुने गरेकोमा स्थानीय  सरकार आयपछि आफ्नो गाउँ  वनाउनका लागि काम गर्नुपर्ने  रहेछ भन्ने  आभाष जनताले गरेको वडाअध्यक्ष तामाङको भनाइ  छ । स्थानीय स्तरमा अहिले पनि जनस्रमदान गर्ने  स्थानीयवासि नआउदा योजना प्रभावित भएको तामाङले  वताउनुभयो । पहिला जस्तो  वानि लागेकाले परिवर्तनको  अनुभुती  दिलाउने कार्यक्रम  गर्न  निकै  गाह्रो भएको तामाङको भनाइ रहेको  छ ।





, ,