नेकपाद्धारा इन्चार्जको टुङ्गो सिपाको मन्त्री नेपाल द्धारा पद अस्वीकार


लोकप्रिय समचार तत्कालीन  नेकपाएमाले र माओबादी बिच एकता भए पछी बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३ बर्ष पछी ७७ वटै जिल्लाका अध्यक्ष र सचिब लगायत पदाधिकारीहरुको  टुङ्को लगाए पछी आइतबार ७७वटै जिल्लाको  इन्चार्ज तथा सहइन्चार्ज को टुङ्गो लगाएको छ । साथै ६वटा  महानगरको समेत इन्चार्ज  तोकीएको छ । मुलुकका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ ईञ्चार्ज परेको छ ।नेकपाले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । नेकपा केन्द्रीय सदस्य समेत रहनु भएका संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा लाइ काभ्रे जिल्लाको इन्चार्ज बनाइएको छ भने भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्ज बनाइएको छ । उँहा पनी  साबिक एमालेमा पनि जिल्ला इन्चार्ज रहनु भएको थियो  । कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज  बन्नु भएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बन्नु भएको छ । सिन्धुपाल्चोक जिल्लामा भने कृष्ण प्रसाद सापकोटा देशबन्धुलाइ नेकपाको इन्चार्ज बनाइएको छ । पछिल्लो समयमा भुमिकाबिहनि जस्तै रहनु भएका देशबन्धुलाइ इन्चार्जको जिम्मेवारी दिए सँगै  ३ नंम्बर प्रदेशका उद्योग पर्यटन बन तथा बातबरण मन्त्री अरुणा नेपाल सामाजिक बिकास मन्त्री युबराज दुलाल शरद र माधब सापकोटा सुबोध लाइ सह इन्चार्जको जिम्मेवारी दिइएको छ । यता  सिन्धुपाल्चोक जिल्लाका सह इन्चार्ज मन्त्री अरुण नेपालले भने सह इन्चार्ज बनाइएकोमा पार्टीले  मुल्याङ्कन गर्न नसकेको बताउँनु भएको छ । उँहाले उक्त पद अस्वीकार समेत गर्ने  मनस्थितीमा पुग्नु भएको उँहाले  आफ्नो सामाजीक सञ्जाल मार्फत ब्यक्त गर्नू भएको  बिचार बाट स्पस्ट भएको छ । उहँले यस सम्बन्धमा (लामै समय पछि नेकपाले क्रमशः पूर्णता पाउन थालेको छ। यो धेरै खुशीको कुरा हो। आज सम्म्पन्न भएको नेकपा सचिवालयको बैठकले जिल्ला इन्चार्ज निश्चित गरेको समाचार आएको छ। इन्चार्ज कसरी बनाउने भन्ने विषयमा पार्टी भित्र निक्कै धेरै छलफल भएको र एकता पूर्व दुवै पार्टीका इन्चार्जबाट नै नेकपाको जिल्ला इन्चार्ज बनाउने नीतिगत सहमती बनेको विषय सार्वजनिक भैसकेको छ। तर सिन्धुपाल्चोकको सहइन्चार्ज तोक्दा यो नीतिलाई मानेको देखिएन। म नेकपा एमालेको नवौ महाधिवेशन भन्दा पहिले पोलिटब्युरोको बैकल्पिक सदस्य, बाग्मती अन्चल कमिटीको सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिए। नवौ महाधिवेशन पछि मैले पोलिटब्युरो सदस्य, बाग्मती अन्चल कमिटीको इन्चार्ज भएर काम गरेको हु। संघीय सम्रचना बने पछि भने म तीन न. प्रदेश कमिटिको सचिवालयको सदस्यमा रहे। बिगत पाच बर्ष देखि जिल्लाको इन्चार्ज नै नरहेको ब्यक्तिलाई कसरी सहइन्चार्ज बनाउने निर्णय भएको हो मैले बुझ्न सकेको छैन। भुलवश यस्तो भएको पनि हुनसक्छ। म सधै नीति र विधिमा चल्नु पर्छ भन्ने बिचार राख्ने मान्छे हु। यदि भुलवश वा समयमा सहि सुचना प्राप्त नभएर यसो भएको हो भने निश्चयनै सच्याइने छ र मेरो नाम हटाइनेछ भन्ने बिश्वास लिएको छु। तर, निर्णय नै यस्तो भएको हो भने म बिनम्रताकासाथ यो जिम्मेवारी अस्वीकार गर्दछु। धन्यवद!) भनी ब्यक्त गर्नु भएको छ । नेकपाले  महानगरपालीका १, उपमहानगरपालीका ५ र ७७ जिल्ला गरि ८३जना लाइ इन्चार्ज तोकेको छ ।







, ,