सुनकोसी नदीले बगाएको बालकको खोजी कार्य जारी

 सन्तोष भण्डारी  लोकप्रिय समचार सिन्धुपाल्चोक खाडिचौर स्थित बालशिक्षा माध्यामिक विद्यालयमा  कक्षा सातमा अध्ययनरत १३ वर्षीया विद्यार्थी विजय नेपाल सुनकोसी नदीले बगाउँदा बेपत्ता भएका छन् । विद्यालय प्राङ्गणमा बल खेल्ने क्रममा स्कुल नजिकै रहेको सुनकोसी नदिले बल बगाएपछि लिन जाने क्रममा बालकलाई बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक. माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो । अहिले बेपत्ता बालकको लामोसाघुँ र बलेफी प्रहरी चौकी बाट तीब्र रुपमा खोजी भईरहेको छ । बलेफी गाँउपालीका वडा नं ७ घर भएका नेपालको खोजीकार्यमा बलेफी गाँउपालकिा वडा नं ५ र ७का वडाअध्यक्षहरुको बिषेश सक्रीयतामा स्थानीय प्रशासन एवम स्थानीय बासी हरु लागी रहेका छन । निजको खोजीका  लागी ९वटा डुङ्गा समेत प्रयोग गरिएको   समचार प्राप्त भएको छ ।