चौतारा बहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सव समारोह सम्पन्न


लोकप्रिय समाचार
शिक्षाको विकास भयो भने मात्र देशको विकास हुने कुरा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भएको छ ।  आइतबार चौतारा बहुमुखी क्याम्पसको १९ औ वार्षिकोत्सवको उद्धघाटन गर्दै  उँहाले यस्तो बताउनु भएको हो । सरकारले विद्यालयमा विद्यार्थीहरुको समेत स्वास्थ्य समस्याका कारण शिक्षामा समस्या नपरोस् भन्नका लागी हरेक पालिकामा रहेका एक विद्यालय एक नर्सको अवधारणा ल्याएको समेत बताउनु भयो । सामुदायिक विद्यालय र निजी विद्यालय बिच देखिएको अन्तरलाई सामुदायिक विद्यालयले अगाडी ल्याउन सबै मिलेर अगाडी बढ्न सबैलाई अनुरोध गर्नु भयो । उँहाले  विद्यालयको भौतिक अवस्था मात्र राम्रो भएर हुँदैन गुणस्तरीय शिक्षामा पनि जोड दिनुपर्ने बताउँदै अभिभावकले गुणस्तरीय शिक्षा भएको विद्यालयमा आ–आफ्ना बालबालिका भर्ना गरेर विद्यालयलाई सहयोगार्थ गर्न अनुरोध गर्नु भयो ।

सिन्धुपाल्चोक जिल्लामा  पनि एक बहुप्राविधिक शैक्षिक संस्थाको स्थापना  धेरै  कठिनाइका साथ सबैको साथ र सहयोगका कारण स्थापना  गरियो। अब  यसको स्थायित्व र गुणस्तरीय शिक्षाका लागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।  चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले चौतारा साँगाचोकगढी  धेरै भाग्यमानी भएको यस नगरपालिकामा चार चार माननीय भएको  र वर्तमान सामाजिक विकास मन्त्री युवराज दुलालको विशेष पहलमा हामीले चौतारामा महाविद्यालय पाएका छौँ । यसको स्थायित्व र संरक्षणका लागी सबै लागी पर्नुपर्ने बताउनु भयो। यसै गरि नेपाली काँग्रेसका जिल्ला सचिव बिल बहादुर तामाङ्गले सामुदायिक क्याम्पसहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा अलि फराकिलो हिसाबले हेर्नुपर्ने बताउँदै शिक्षामा राजनिती गर्न नहुने बताउनु भयो। क्याम्पस सञ्चालक समितीका अध्यक्ष कृष्ण राज श्रेष्ठले क्याम्पस सञ्चालन गर्न खेप्नु परेको समस्यालाई सबैको सहयोगबाट समाधान गर्न सफल रहेको बताउँदै क्याम्पसलाई आजको मिती सम्म ल्याउन सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिनु भयो । साथै उहाँले सुविधा ल्याउनु  जति समस्या छ , त्यसको सदुपयोग र स्थायित्व गर्न त्यो भन्दा बढी कठिन रहेको छ भन्नु हुँदै क्याम्पसको सहयोगका लागी सबैसँँग अनुरोध गर्नु भयो । प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार समेत वितरण गरिएको उक्त कार्यक्रममा क्याम्पसका पूर्व सञ्चालक तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

, ,