बहुमुल्य जडिबुटी खेर जाँदै


रुपक पुरी
लोकप्रिय समाचार
प्राकृतिक  जडीबुटीको भण्डारको रूपमा चिनिने पाँचपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्से्नि खेर गइरहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चिराइतो, कुड्कि, नागवेलि, पाउडर, झ्याउ, ठुलो ओखतो, लोठसल्ला, धुपि, सुनपाति, जडामसि लगायत जडिबुटी  पाइन्छ । निकुञ्ज  क्षेत्रको गुन्सा, भोताङ, थाङपालकोट स्याउले, गुम्बा , गोल्चे लगायत जङ्गलहरुमा यस्ता जडिबुटीहरु प्रशस्त  मात्रामा  पाइने पाँचपोखरी थाङपाल ३ भोताङका वडाअध्यक्ष निमछिरिङ तामाङले बताउनुभयो ।
पहिचान भइसकेका जडिबुटी सङ्कलन तथा प्रशोधन गर्न  कुनै  निकायले सहयोग गरे स्थानीयको जिवनस्तर सुध्रने तामाङको भनाइ  छ ।
अन्य जडिबुटी सङ्कलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा सङ्कलन गर्न सुरु भएको  उहाँले जानकारस् दिनुभयो।
पाँचपोखरी थाङपाल ४ थाङपालकोटका वडाअध्यक्ष राम बहादुर तामाङका अनुसार यो क्षेत्रका प्रत्येक झार र वनस्पति हुन सक्छ तर संरक्षण र सवद्र्धनमा चासो नदिदा बहुमुल्य जडिबुटी  त्यतिकै खेर गएका छन् । 
यस क्षेत्रका बासिन्दा रोग लागेपछि कमैले मात्र मेडिकलको औषधी प्रयोग गर्ने गरेका छन् । स्थानीय भन्छन् जे भए पनि यहीको झारपातलाई औषधी बनाएर खाने गरेका छौँ ।

, , ,