वडाअध्यक्ष सञ्जालको बैठकद्धारा खेद प्रकट


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाका वडाअध्यक्षहरुको संञ्जालले अज्ञात समुहले सिुन्धुपाल्चोक जिल्ला मेलम्ची  नगरपालिका  ( १० को वडा कार्यालयमा आगजनि गरेको मा त्यस कार्य जो सुकै ब्यक्ती समुह बाट भएको भए पनी यो कार्य निन्दनीय र जनबिरोधी रहेको सञ्जालको बैठकले ठहर गरेको छ ।

वडाअध्यक्ष सञ्जनल तदर्थ समितीको शनीबार सुकुटेमा बसेको  बैठकले उक्त निर्णय गरेको संञ्जालका अध्यक्ष राम प्रसाद गौतमले बताउँनु भयो ।गत श्रावण १५ गते राति ढोकाको ताल्चा  काटेर कार्यालयभित्र  रहेका कागजातहरु जम्मा  गरि आगो लगाइएको  थियो । उक्त आगलागीका कारण वडा कार्यालय भित्र  रहेका सम्पुर्ण  कागजातहरु जलेर नष्ट  भयको थियो । घटना कसले गरायो भन्ने  विषयमा अनुसन्धान  थालियको भएता पनी यसको आधिकारिक भने भएको छैन ।