काम छिटो गर्नपर्ने भएकोले शुल्क लिइएको हो अमानसिंह



लोकप्रिय समचार सिन्धुपाल्चोक नगरभित्रका कुनै पनी नागरिक कुनै पनी सुबिधाबाट बञ्चीत हुन नपरोस भन्नका लागी आफु लागी परेको  अमान सिंह तामाङ्गले बताउँनु भएको छ ।


चौतारासाँगाचोकगढी नगरपालीकाले भुकम्प पिडीतका लागी बिषेश कार्यक्रम दिन खोजे पनी त्यस तर्फ  नगरपालीकाले  श्रोत र साधन ले भ्याए सम्म गरेको बताउँनु भयो । उँहाले नगरका भुकम्प पिडीतका भवन निर्माण पश्चात निशुल्क नक्सापासको ब्यबस्था  नगरपालीकाले गर्ने भनेको भएता पनी छिटै नक्सा पास गर्न पर्ने भएकाले शुल्क लिन परेको बताउँनु भयो । उाहाले १४नंम्बर वडाका भुकम्प निर्माण सम्पन्न भइसकेकाहरुलाइ सम्पन्न प्रमाण पत्र बितरण गर्दे उक्त कुरा बताउँनु भएको हो ।
कार्यक्रममा संञ्चार कर्मीले एउटै प्रकृतीका घरको नक्सापास गर्दा कतै कमी र कतै बढी रकम लिइन्छ  किन र नगद दिएपछी  रसिद किन नदीएको भनी सोधेको प्रश्नको उत्तर दिदै बिषेश अतिथी जाइकाका नगर प्रतिनीधी इन्जीनीयर बिनोद नेपालले नक्सापास गर्ने इन्जीनियरुले जती पनी लिन सक्ने इन्जीनियरुले चाहे सित्तै पनी गर्न सक्ने र नचाहेको खण्डमा करौडौ पनी लिन सक्ने बताउँनु भयो । वडा नं १४मा ६६४ घर भुकम्प निर्माणको क्रममा रहेको बताउँदै  सम्पन्न भएको१०८घरधुरीलाइ  सम्मपन्न प्रमाण पत्र दिएको बताउँनु भयो । सरकारले भुकम्प पिडीतको निर्माण भइसकेको घरको अन्तीम किस्ता नरोक्न प्रधान मन्त्रीको निर्णय र पुनिर्माण प्रधीकरणले सुचना प्रकाशित गरेको थियो ।
चौतारा साँगाचोकगढी नगरपालीका  वडा नं १४मा प्रत्यक कच्चीघरको २कोठे घर पनी पक्की ठुला घर पनी सबै लाइ बराबरी शुल्क लिएर नक्सा बनाइएको थियो यसरी रकम लिएर  रसीद माग्दा नदीएका गुनासो आए पछी । करिब १००घरको नक्सा निर्माण गर्न बाँकी रहेको छ । वडाअध्यक्ष शेरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्तकार्यक्रममा शेरबहादुर श्रेष्ठलगाएत १०८जनाले घर सम्पन्न प्रमाण पाएका छन । कार्यक्रमको संञ्चालन वडा सदस्य भेषबहादुर नेपालले गर्नु भएको थियो ।

, ,