महिलाको काम, मूल्यसहितको काम र सम्मान” ः विषयककार्यशाला सम्पन्न


लोकप्रियसमचार राजधानीमा “महिलाको काम, मूल्यसहितको काम र सम्मान”विषयक कार्यशाला कार्यक्रमको आयोजनागरिएको छ । महिलामानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल सचिवालयको संयोजन तथाओरेक नेपाल, महिलाको निम्तीमहिलामञ्च, महिलाएकता समाज, नेपालअपाङ्गमहिला संघ, तरङ्गिनी फाउन्डेसन, पौरखी नेपालको समन्वयमा यही श्रावण २५ र २६ गते समृद्ध नेपालको आधार ः “महिलाको काम, मूल्यसहितको काम र सम्मान”विषयक कार्यशाला कार्यक्रमको आयोजनागरिएको थियो  । तीन क्षेत्रमा रहेकाश्रमिकमहिलाहरु घरेलु कामदार, मनोरञ्जन क्षेत्रमा काम गर्ने र टुर गाइड महिला सहित९० जना सहभागिहरुको सक्रिय सहभागिता रह्यो । कार्यक्रम दुई चरणमा सञ्चालनभएको थियो , पहिलो चरणमा यो दुई दिने कार्यशालाआयोजनागरिएको हो । यसको मूल उद्देश्यमहिलाको कामको सम्मान र मान्यता स्थापितगर्नकालागिहालसम्म नेपाल सरकारबाट भएका प्रतिबद्धताहरु र उक्त प्रतिबद्धता पूरा गर्नको लागिकार्यान्वयनगर्न विभिन्न समितिमार्फत सरकारलाई दिइएका सुमmावहरुको कार्यान्वयनको अवस्थाकाबारेमाविभिन्न क्षेत्रमा श्रम गरिरहेका श्रमिक महिलाहरु, तथा महिलाको कामको सम्मान र मान्यता स्थापित गराउन निरन्तर वकालतगरिरहेकामानव÷महिलामानवअधिकार रक्षकहरु बिच व्यापक परामर्श गरि यीव्यवस्थाहरुको कार्यान्वयनकालागि नेपाल सरकारले अपनाउनु पर्ने थप रणनीतिहरुमा छलफल गर्नु रहेको थियो ।


पहिलो दिनको कार्यक्रमलाई सहजीकरण गर्दे ओरेकका संस्थापकअध्यक्षतथामहिलामानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकाअध्यक्षडा. रेणु अधिकारीले महिलाको हरेक श्रम मूल्यसहितको श्रम हो, यसको सम्मानहुनु पर्दछ र यसलाई कामको परिभाषाभित्रल्याउँदै मर्यादितकामको रुपमा स्थापित गराउनआवश्यक  रहेको बताउँनु भयो  । उहाँले “काम”लाई परिभाषितगर्ने हो भने हामीकुन ठाउँमा बसेका छौ, हुर्केका छौ, कुन देशमा बसेका छौ सो अनुसार परिभाषित गर्छाैँ  भन्न्ु भयो । सामान्यतयाभन्ने हो भने जीवनधान्नकालागि, मानिसले मानिस भएर बाँच्नकालागिजतिपनिक्रियाकलाप हुन्छन् ती काम हो तर हामी पित्तृसत्तात्मक समाजमाबाँचिरहेका छौँ । पित्तृसत्ताले महिलाको तीनओटा कुरालाई नियन्त्रण गरेको छ । श्रम, शरीर र गतिशिलता भन्नु हुँदै  यस अवस्थामामहिलाको कामलाई विभेदपूर्ण सामाजिकमूल्यमान्यता र महिलालाई हेर्ने दृष्टिकोणलले प्रभावपारेको  बताउँनु भयो । उँहाले  पहिलो सबै क्षेत्रमा कामगर्ने महिलाश्रमिकको कामको अवमूल्यन भएको छ भने दोस्रो महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा सम्म महिलाको कामले मान्यतापाउँदैन त्यसैले महिलाआन्दोलनको आँखाले हेर्ने हो भने यो अवस्थामाअहिले हामीमहिलाश्रमिकले पितृसत्तालाई चुनौतिदिने अवसर छ  भन्नु भयो । यस अवस्थामाश्रमिकमहिलाहरुको आन्दोलनमाहामी सहभागिहुने हो भने महिलामुक्तिको पहिलो आधार यसबाट तय हुन्छ । त्यसैले, हाम्रो कामको मान्यता र पहिचान स्थापितगर्न सबै श्रमिकहरु संगठित भएर अगाडी बढ्नु पर्छ भन्न्ुा भयो । कार्यक्रमकाक्रममानेपाल टे«ड युनियनका केन्द्रियउपाध्यक्ष, अधिवक्ता रमेश बडालले हामीले अहिलेको श्रम सम्बन्धिकानुनीव्यवस्था हेर्ने हो भने यसको ऐतिहासिकविकासक्रमलाई पनि हेर्नु जरुरी छ  भन्नु भयो । उँहाले  २०४७ सालको संविधानमाश्रमिक सम्बन्धीमौलिकहकमा केहीव्यवस्थाथिएन । २०६३ सालको अन्तरिम संविधानमाश्रमिक सम्बन्धी छुट्टै धारा मौलिकहकमाव्यवस्था भयो । अहिलेको २०७२ सालको संविधानमाश्रमसंग सम्बन्धित केहीनयाँव्यवस्थाहरु थप भएको छ ।  अब यो संविधानलाई कार्यान्वयनगर्न नयाँश्रम ऐन २०७४ आइसकेको छ ।  संविधान र ऐन अनुसार औपचारिक र अनौपचारिक श्रमको विभाजनअन्त्यभएको छ । सबै खाले श्रम औपचारिक श्रम हुन् तर श्रम ऐनमाव्यवस्थाभएकाश्रमिककाअधिकारहरु रोजगारदाताहरुले सजिलै स्वीकार गर्दैनन् । त्यसले सरकारलाई श्रम ऐनमाभएकाव्यवस्थाकार्यान्वयन गराउनचुनौतीपूर्ण छ । ऐनमाभएकाव्यवस्थाकार्यन्वयनकालागि सबै मजदुरहरु संगठित भएर आफ्नो मुद्धा उठाउन आवश्यक रहेको जोड दिनु भएको थियो ।माननीय सांसदतथाआइएलओ गभर्निङ्ग बडी जिफण्ट टे«ड युनियन पोलिसी इन्ष्टिच्युट सदस्य, डा. विन्दा पाण्डेले सेवामुलक–घरायसीकाम संसारभरमापारिश्रमिकविनाको सेवामुलककामको तीनचौथाइकाममहिलाले गर्दछन् भन्नु भयो उँहाले   यो अझै पनि कसैको पारिवारिक तहमा गरिने कामभएको कारण यसले औपचारिक काम जस्तो मूल्यपाएको छैन,आम रुपमामर्यादितमानिएको छैन र असंगठित अवस्थामा रहेको छ । जसले गर्दा महिलाको श्रमको उचितमूल्याङ्कनहुन सकेको छैन । तर सबै कामहरु मर्यादितकामहुन् र सबै श्रमिकहरुलाई पहिचानगर्न सक्नुपर्छ  भन्नु भयो ।उँहाले यसै कारण आगामीदिनमासेवामुलककाममानव समाजको अत्यावश्यकश्रमको रुपमामर्यादा गरिनुपर्ने, आफ्नो कामलाई सवैभन्दापहिलाआफुले सम्मान र मर्यादा गर्नुपर्ने, नीति र कानुनमाभएकाप्रावधानको कार्यान्वयनगर्नुपर्ने, नीजिकार्यथलोमाकामगर्ने सेवामुलकश्रमिकलाई जोखिमपुर्ण अवस्थामामुक्तगरिनुपर्ने रआउँदो जनगणनामा सेवामूलकश्रमिकको गणना गर्नुपर्ने कुरामाजोड दिनु भएको थियो ।सामाजिक सुरक्षाकोषकानिर्देशक, रमा भट्टराइले योगदानमाआधारित सामाजिक सुरक्षाभनेको व्यक्तिलाई अतिआवश्यकता परेको अवस्थामादिने सुविधाहो भन्नुहँुदै जीवनमाआइपर्ने ५ ओटा अवस्थामा यसले जीवनको सुरक्षा सुनिश्चितगर्न खोजेको छ भन्नु भयो । दुर्घटना, असक्तता, प्रसुती, रोग, मृत्युको अवस्थामा सहयोेग गर्नेयसको मुख्य उद्देश्यहो । बिरामी, दुर्घटना, प्रसुती, व्यवसायजन्य रोगको हकमा र मृत्यु भएमापनिआश्रितलाई समेत दिने व्यवस्था छ । यस प्रणालीमा कुनै रोजगारबाट छोडेर स्वरोजगारमागएमापनि सो को निरन्तरताहुन सक्ने व्यवस्था छ । त्यस्तै, औषधोपचारको हकमा स्वास्थ्यबिमाको कार्यक्रमअनुसारका अस्पतालहरु छानिएको छ । विरामीले भन्दापनि अस्पतालले गर्ने हो । शुरुको चरणमा एक दुई वर्षमा केही जटीलता होला तर पछि सहजहँुदै जानेछ भन्ने विश्वास छ ।उहाँले डान्स, दोहोरी, रेष्टुरेण्ड, मसाज,खाजा घरहरु केहीसंख्यामामात्र यस समाजिक सुरक्षामादर्ता भएको छ तर यो औपचारिक क्षेत्र हो भन्नुभयो । यस सम्बन्धमा ठूला ठूलाहोटलहरु भने अहिले सामाजिक सुरक्षा प्रणालीमा सूचिकृत हुनुआउनुभएको छ तर अभैm पनिमनोरञ्जन क्षेत्र औपचारिक तवरबाट भन्दापनिअनौपचारिक तवरबाट सञ्चालन भैरहेको छ । सरकारले केहीथोरैलाई मात्रकारवाहीगर्न सक्छ धेरैको संख्यामाकारवाहीगर्न जटिल हुन्छ । यस सम्बन्धमादवावसिर्जनागर्ने हो भने कामदारहरुले प्रेस विज्ञप्तिहरु लिएर आउनुपर्छ , होटल व्यवसायीतथा रोजगारदाताहरुलाई पनि राख्ने गरी संवाद र परामर्श गोष्ठिहरु आयोजनागर्नुपर्छ भन्नु भयो  ।  स्थानियतह देखि नै केन्द्रियतह सम्मश्रमिकलाई सुचिकृत गर्नु पर्ने, सामाजिक सुरक्षा ऐन, श्रमऐनलाई यथासिघ्र कानुनबमोजिमकार्यान्वयनमालानुपर्ने, रात्रिकालमाकामगर्ने श्रमिकमहिलालाई कार्यस्थल देखि वासस्थान सम्मआवतजावतगर्न यातायातको ब्यबस्थाहुनु्पर्ने जरुरी छ । त्यस्तै, घरेलु कामदार र घरमामहिलाहरुले गर्ने सेवाप्रदायिककामको पहिचान,  मान्यता र मूल्याङ्कनहुनआवश्यक छ । घरभित्र रबाहिर कार्यस्थलमापनिकामगर्ने वातावरण सहज, स्वस्थ्यकर हुनपर्छ । कामगर्दाउचितज्याला,नियुक्तीपत्र, विमा, विदाको व्यवस्था, लगायतका कुराहरु  निश्चितहुनपर्ने , कार्यथलोमादुब्र्यबहार, हिंसा रहतिवातावरण सुनिश्चितहुन पर्ने, कामदार र रोजगारदाताबिच सम्झौतागर्नुपर्ने जरुरी छ । त्यस्तै यी ३ क्षेत्रमाकामगर्ने महिलाश्रमिकहरु संगठित हुनपाउनुपर्ने हँदा नेपाल सरकारले सो को लागि सुनिश्चितगर्न आवश्यकनीतिनियमतर्जुमा र परिमार्जन गर्न जरुरी छ । त्यस्तै, घरेलु श्रमिक, मनोरञ्जन क्षेत्रमाकामगर्ने, टुर गाइड महिला र वैदेशिक रोजगारीबाट फर्केकामहिलाको सिपअनुसार कामगर्न पाउनपर्नेआवश्यक छ  । त्यस्तै, टुर गाइड महिलाहरुको विशेष कामको प्रकृतिअनुसार उहाँहरुको कार्यस्थलमाआपतकालीन उद्धार टोलीको २४ घण्टा व्यवस्था हुनुपर्छ र आगामी जनगणनामा यी ३ ओटा कार्यक्षेत्रकामहिलाहरुलाई पनि गणना गर्नपर्छ भन्ने सुझाव सहभागीहरुबाट आएको थियो ।
यस्तै कार्यशालाको अन्त्यमा ३ वटै क्षेत्रका सहभागीहरुले महिलाश्रमिकको कामलाई मूल्य सहितको काम र सम्मानदिनको लागि संगठित भएर अगाडी बढ्न श्रमजिवीमहिलासञ्जालसमेत गठन भएको छ । जसमा७ वटैप्रदेशहरुकामहिलाश्रमिकहरुको प्रतिनिधित्वरहेको छ ।

































































, , ,