चौसागढीनपाद्धारा अपाङ्गतापरिचयपत्र बितरण
चौसागढीनपाद्धारा अपाङ्गतापरिचयपत्र बितरण
लोकप्रिय समचचार
अपाङ्गता भएका ब्यक्तीहरुलाइ सरकारले दिइरहेको सुबीधालाइ अझ ब्यबस्थीत र सर्ब सुलब तरिकाले उपलब्ध गराउँनका लागी पालीकाहरुले नँया कार्यबिधी तैयार गरी लागु गर्न थालेका छन ।
जसको सदस्यमा जिल्ला प्रशासन कार्यलयका प्रतिनिधी , जिल्ला प्रहरी कार्यलयका प्रतिनिधी स्वास्थ्यकार्यलयका प्रतिनिधी नगरपालीका शिक्षा शाखाका प्रमुख र अपाङ्गता सम्बन्धी काम गरिरहेको संस्थाका प्रतिनिधी अम्बर बहादुर घले , नगर कार्यपालीकाको नारायणदेबी घले महीला अपाङ्गताका जानुका धिताल रहेको समीती बनेको छ ।
सो समितीको सदस्य सचिब भने महीला तथा बालबालीका जेष्ठ नागरिक शाखाका प्रमुख दुर्गा प्रसाद ढुङ्गेल सदस्य सचिब रहने ब्यबस्था रहेको छ । सोही समितीले बिगतको परिचय पत्र भएका लाइ नबीकरण र नभएकालाइ नँया परिचय पत्र बितरण का लागी बैठक समेत बसेर बितरण गरिएको छ । यस आब २०७६÷७७को शुरु महीना श्रावणको २९गते बुधबारको दिन बैठक बसी परिचय पत्र बितरण गरिएको हो । परिचयपत्र बितरण गर्दै उप मेयर जानुका पराजुलीले नगरपालीका भित्रका कुनैपनी वडाका कुनै पनी नागरिकहरु जो अपाङ्गता भएर बसेको हुनुहुन्छ उँहाहरुको सुबिधालाइ समेत ध्यानमा राखी बास्तबिकता ब्यक्तीहरु सुबीधाबाट नछुटुन भन्नका लागी हामीले हरेक वडाका हरेक नागरिकलाइ यसको जानकारी गराउँदै यो अभियान शुरु गरेको बताउँनु भयो ।
उँहाले यस अघीको परिचयपत्रका साथै निबेदन र फोटो सहित डक्टरको सिफासि लिएर मात्र परिचयपत्रको ब्यबस्था गरिएको बताउँनु भयो । नगरपालीकाको कार्यबिधी अनुसार २०७६ कार्तीक मसान्त भित्रमा सबैले परिचयपत्र नबीकरण गरिसक्न पर्ने र उक्त मिती भन्दा पछी पुरानो परिचय पत्र स्वत खारेज गरिने ब्यबस्था भएकाले नगरका सबै नागरिकले सो समय भित्र सम्बन्धीत वडाको सिफारिस सहीत निबेदन दिन पर्ने बताउँनु भयो । हिजै बसेको सम्मन्वय समितीको बैठक बसी क बर्गको परिचयपत्र ५वटा सहित जम्मा ३०वटाको नबिकरण गरिएको समेत सदस्य सचिब ढुङ्गेलले जानकारी दिनु भयो ।