मदनमणी प्रती प्रेसकान्सिलको श्रदान्जली


लोकप्रियसमचार  प्रेस काउन्सिल नेपालले एक शोक बक्तब्य प्रकाशीत गरेको छ । सुचना अधिकारी दिपक खनालद्धारा जारी बक्तब्यमा काउन्सिल नेपालकापूर्व सल्लाहकार मदनमणि दीक्षितको ९७वर्षको उमेरमाविहीबार विहान ४ बजे निधनभएको छ । निमोनियाबाट पीडित उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरी स्वास्थ्यमा सुधार आएपछि घर लगिएको थियो ।उहाँ २०४८ सालमा प्रेस काउन्सिल नेपालको सल्लाहकार समिति सदस्यहुनुहुन्थ्यो ।
बुबा लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारी दीक्षितबाट वि.सं. १९७९ फागुन ६ गते गैरीधारा, काठमाडौंमाजन्मनुभएकादीक्षितखरो पत्रकार र साहित्यकार समेत हुनुहुन्थ्यो । २०१४ सालदेखि समीक्षासाप्ताहिकपत्रिकाबाट आलोचनात्मकपत्रकारितामाहोमिनुभएकादीक्षित २०३९ सालमामाधवीग्रन्थकालागिमदन पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
माधवी (उपन्यास, २०३९), चरैवेति (निबन्ध संग्रह,२०४४),त्यो युग (निबन्ध संग्रह, २०४७), हाम्रातीदिन (निबन्ध, २०२९), म रुँदै बिर्सन्छु (संस्मरण,२०२७), बर्लिन डायरीकापाना (यात्रावर्णन, सन् १९८४)आदि गरी उहाँकादर्जनौँ चर्चित साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँकाश्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । प्रेस काउन्सिल नेपालउहाँको निधनप्रतिगहिरो दुःखव्यक्तगर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमाहार्दिक समवेदना प्रकट गर्दछ ।  भनीएको छ ।