जनैपुर्णिमा मेला उत्साहपुर्बक सम्पन्न


रुपक पुरी
लोकप्रिय समाचार
  देसको बिभिन्न स्थानमा यस बर्ष गत बर्ष भन्दा पनी बढी उत्साजनक तरिकाले  जनै पुर्णीमा मेला सम्पन्न भएको छ । यस सँगै सिन्धुपाल्चोकको बिभिन्न मठ मन्दीरहरुमा  पनी यो मेला  भब्य एवम  उत्साहजनक ढङ्गले सम्पन्न भएको छ ।





चौतारासाँगाचाृेकगढी नगरपालीकाको वडा नं ८मा पर्ने इर्खुको रानीपोखरी मेलामा हज्जारौे मानीसहरुको उपस्थिती रहेको थियो भनेपाँचपोखरि , कफेश्वर महादेव सुनकोशि,भैरवकुण्ड ,थाङपालकोटको रैथानेपोखरि , बशन्तेश्वर महादेव लामोसाघु, नौलिङेश्वर महादेव, हेलम्वुको ढुकु लगाएतका क्षेत्रहरुमा जनैपुर्णिमाका दिन बिषेश मेला लाग्ने गर्दछ ।
मेला भर्न  गएका  भक्तजन र झाक्रिहरु पाँचपोखरि, ढुकु र भैरबकुण्डवाट फर्कने क्रम जारि छ ।
पाँचपोखरिमा यो वर्ष अरु वर्षभन्दा धेरै गुणा वढि पर्यटक तथा भक्तजनहरुले मेला भरेको पाँचपोखरि थाङपाल गाउपालिकाको अध्यक्ष टासि लामाले वताउनुभयो । यो वर्ष  १० हजार भन्दा बढीले पाँचपोखरि दर्शन गरेको अनुमान छ ।
प्रचारप्रसारको कमिले हेलम्वु गाउपालिकामा रहेको ढुकु पोखरि ओझेलमा परेको छ । वाटो सजिलो वनाएर प्रचारप्रसार गर्न सके तिर्थयात्रिहरु वढ्ने गाउपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पाले वताउनुभयो । उहाँका अनुसार आगामि वर्ष वाटो निर्माण र प्रचारप्रसारमा जोड दिइने छ ।
जलवायु सम्मेलनले चर्चित पर्यटकिय गुफाडाडा माथि रहेको नौलिङेशवरमा जात्राको अवसर पारेर भब्य  कार्यक्रम गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता इन्द्रावति गाउपालिकाका अध्यक्ष बङ्शलाल तामाङले गर्नुभएको  थियो ।

, ,