हेल्पले दियो सिन्धुपाल्चोकका ५० विद्यार्थिलाइ छात्रवृत्ति


रुपक पुरी
लोकप्रिय समाचार
हेलम्बु एजुकेसन यन्ड लाइभ्लिहुड पाट्नरसिपले सिन्धुपाल्चोकका ५० विद्यार्थिलाइ छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौंको मुलपानिमा रहेको होटल ग्रान्ड नोर्लिङमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकबाट उच्च माविमा अध्ययनरत विद्यार्थीहरुलाइ उनिहरुको क्षमताको आधारमा छात्रवृत्ति प्रदान गरिएको हेल्पका अध्यक्ष जिमि लामाले बताउनुभयो ।

कार्यक्रममा लागर्चेका सुवास तामाङलाई नगद १ लाख र दुबाचौरकि सन्ध्या पुरिलाइ ७५ हजार छात्रवृति प्रदान गरिएको थियो । छात्रवृत्ति पाउनेमध्ये २० जना पाँचपोखरि थाङपाल गाउपालिकाको रहेका छन् । उनिहरुलाइ गाउपालिकाको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसको नेता डा शेखर कोइराला, शिक्षाविद डा विद्यानाथ कोइराला , पाँचपोखरि थाङपाल गाउपालिकाको अध्यक्ष टासि लामा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसर पारेर याङ्ग्रिमा विद्यालयका सस्थापक गोपाल लामा, भोटेनाम्लाङ माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुके तामाङ र रिसङ्खु माने विद्यालयका शिक्षक तेजनाथ भण्डारीलाई सामुदायिक विद्यालयका पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।



, , ,