अबदेखि नेपाली सेनासँग मिल्दाजुल्दा कपडा लगाउन प्रतिबन्ध


सन्तोष भण्डारी
लोकप्रिय समाचार
हालैमा नेपाल सरकारले नागरिकहरुलाई नेपाली सेनासंग मिल्दो कपडा लगाउन तथा बिक्रीवितरण गर्नमा रोक लगाएको छ । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी विक्रि वितरण र प्रयोग हुन थालेपछि गृहमन्त्रालयले सुरुमा सेनासँग मिल्दाजुल्दा कपडा प्रयोग नगर्न सबैमा सुझाव दिनका लागि ७७ वटै जिल्लाका प्रहरी कार्यालय तथा स्थानीय प्रशासनलाई खबर गरिसकेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
पछिल्लो समयमा विभिन्न समुहले सेनासँग मिल्दा–जुल्दा कपडा लगाएर विभिन्न ठाउँमा विस्फोट तथा आगोजनी गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता हिंसात्मक कार्य गर्दै हिडेकाले यसमा प्रतिबन्ध लगाउन गृहमन्त्रालयले निर्देशन दिईसकेको छ । सुझाव पछि पनि पोशाक लगाएमा पहिलोपटक सम्झाई बुझाई गर्न र अटेर गरेमा कारवाही गर्न समेत निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।


, ,