सिन्धुपाल्चोकमा राष्टीय परिचयपत्र समबन्धी अन्तरक्रिया



लोकप्रिय समचार सिन्धुपाल्चोक राष्टिय परिचयपत्र ब्यबस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया अभिमुखिकरण कार्यक्रम चौतारामा भएको छ ।

मङ्गलबारजिल्ला सम्मन्वय सिमति सिन्धुपाल्चोकका उप प्रमुख बालकुमारि सापकोटाले प्रमुख अितथिको आसनबाट ब्यानर पढेर उद्घाटन गर्नु भएको  थियो । कार्यक्रमको सभापतित्व भने प्रमुख जिल्ला अधिकारी गोमा देबी चेम्जोङ्गले गर्नु भएको थियो ।
राष्टीय परिचयपत्र तथा पञ्जिकरण बिभागको आयोजनामाभएको कार्यक्रममाबिभागका अधिकृत चोकेन्द्र न्यौपाने ले राष्ट्र्रिय परिचपत्र बितरण कार्यक्रमका बारेमा जानकारी गराउँनु भउको थियो ।  उँहाले हरेक वडामा गएर परीचयपत्र बितरण गरिने कार्क्रम रहेको बताउनु भयो। यो परिचयनागरिकहरुको बैयक्तीत तथा जैबिक बिबरण भउको  राष्टी्र्रय पहिचानसहीतको बहुउपभोगी प्रमाण पत्र भएको  बताउँदै  एक ब्यक्तिले एउटामात्र परिचयपत्रनम्बर पाउँने भएकाले अपारिधिक गतिबिधि मा कमि ल्याउन सहज हुने र नागिरक परिचयपत्रको दुरुपयोग नहोस भन्नकालागी यो परिचय को ठुलो महत्व रहेको बताउँनु भयो ।
उँहाले नागरिकको परिचय दुरुपयोग नहोस भन्नका लागि यो राष्टिय परिचयपत्रको ब्यबस्था गरिएको बताउँनु भयो।परिचयपत्र भए पछि लोकसेवा, मालपोत, निर्बाचन आयोग, लगायतमा नम्बर मात्र लियर गय पुग्ने जस्तो लोकसेवामा नम्बर समाबेस गरेपछि स्थाई ठेगना , सहीत सबै कागजात हरु संवत् अभिलेखमा समाबेस हुने , मालपोतमा जग्गा बिबरण र आधिकािरकता समाबेस हुने हुँदा कागजातहरु बोकेर हिडिरहन नपर्ने समेत जानकारि गराउँनु भयो । यो आगमि दुई बर्ष भित्र अरु परिचयपत्र बोक्न नपर्ने गरि सबै जिल्लामा परिचयपत्र बितरण गरिने बताउनु भयो। सिन्धुपाल्चोकमा पनि यसै बर्ष देखी लागू हुने जनाकारी समेत गराउँनु भयो । कार्यक्रमका प्रमुख अतीथिी जिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोटाले राष्टी्र्य परिचयपत्र भए पछी ढुक्क सँग आफु पहिचना सहितको नागरिक भएको  महसुस गर्नका लागी धेरै कागजात बोकीरहन नपर्ने भएकाले सबैलाइ राम्रो हुने बताउँदै सम्भब भए सम्म आफुहरुबाट यस अभियानलाइ आबश्यक पर्ने सबै खाले सहयोग गर्ने बताउँनु भयो ।
कार्यक्रमका सभापतीत्व गरिरहनु भएका  प्र जिअ चोम्जोङ्गले केही दिन भित्रै सबै वडाहरमा यो परिचयपत्र बितरणको अभियानकै रुपमा थालनी हुने भएकाले सबेले यस कार्यक्रमलाइ छिटो र सहज रुपमा सम्पन्न गर्न सहयोग गर्न पर्ने बताउनु भयो । कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्ग मेलम्ची नगरपालीकाका प्रमुख डम्बर प्रसाद अर्याल , बारबिसेनगरपालीकाका प्रमुख निमफुञ्जे शेर्पा, बलेफी गाँउपालीकाका  प्रमुख केदार क्षेत्री, पाँचपोखरीका टासीलामा, लिसंखुपाखरका कमल नेपाल लगाएतका प्रमुखहरु तथा पालीकाका उपप्रमुख प्रमुख प्रशाशकीय अधिकृत सरकारी कार्यलयका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।












, , , ,