पोखरीमा डुबेको बाँदरलाई खाडलमा

सिन्धुपोल्चोक जिल्ला चौतारा साँगाचोकगढि न.पा.वडा १३मा मृत्यु भएको बाँदरको गन्धका कारण दुर्गन्ध आएपछि खाडल खन्र गाडिएको छ ।

अर्चले गाँउको महादेवस्थान छेउमा रहेको कुवापानी भन्ने सिंचाइको ट्याङ्कीमा डुबेर १६ वटा बाँदरको पोखरीमा नै मृत्यु भएको  थियो । घटनाको विवरण अनुसार खेतको छेउमा रहेको सिंचाइ पोखरीमा सोमबार साँझ बाँदरहरुको हुल कराएको सुनेपछि स्थानीयहरु उक्त स्थानमा जाँदा केही बाँदर डुबिसकेको र केही बाँदरहरु पोखरीमा हामफाल्ने क्रममा रहेको देखेपछि स्थानीयले पोखरीमा हामफाल्न बाँदरलाई रोकेका थिए ।
अर्चले गाँउका समाजसेवी क्षेत्र ब.दुलालका अनुसार उहाँ सोमबार बेलुका साँझ परिसकेको अवस्थामा आफु  लगायतको साथी मिलेर झिक्न खोज्दा आफुहरु माथि नै आक्रमण गरेकाले बाहिर भएको बाँदरलाई  लखेट्दै पोखरीबाट ९ बाँदर झिकेको र अरु बाँदरले आफुहरुलाई आक्रमण गरिरहेकै कारण अध्याँरो भएपछि पोखरीमा भएको बाँदरलाई बाहिर ल्याउन सुकेको बाँस राखेर घर गएको र भोलिपल्ट बिहान जाँदा पोखरीमा १६ बाँदर मरिरहेको देखिएकोले स्थानीय सबैलाई  खबर गरेको बताउनु भयो ।
उँहाले अहिले दुर्गन्ध भएपछि बुधबार खाडल खनेर  मरेको बाँदर गाडिएको बताउनुभयो । सोमबार महाँकाल नजिकै धानखेतमा पानी लगाउन गएको बेलामा एक्कासी बाँदरहरु कराएको आवाज आएपछि उहाँ त्यस ठाउँमा पुगेर हेर्दा करिब ३,४ सयको संख्यामा बाँदरहरु जम्मा भएर कराइरहेका  थिए ।
           त्यस मध्य त्यँहारहेका बादरहरुको बथानबाट  लगातार २५ वटा बाादर  पोखरीमा हामफालि सकेको देखेर अरु हामफाल्ने कोसिस गरिरहेका बेला र साँझको समय भएकाले  कुस्माखर दुलाल लगायत  मानिशहरुलाई बोलाई उक्त हुल बथानलाई लखेटि पोखरिमा पसेका २५ वटा मध्ये ९ वटाको उद्दार गर्नुभयको थियो । बाँदर डुबेको पोखरि सिमेन्टको प्लास्टर भयको कारण बाँदर डुबे पछी फर्कन नसकेर  पोखरिमा  निसास्यीयर बादरको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा एउटा बाँदर आएर पहिलेदेखि नै पोखरी छेउ उभिएर घोरिएर हेर्ने गरेको देख्दैआएको केहीले बताएका छन्। त्यसैले हाम फालेपछि अरुले पनि हाम फालेको हुनसक्ने स्थानीयहरुको भनाइ रहेको छ। आफ्नै छाँया देखेर डुबेको बाँदर बचाउने भन्दै बाँदर हाम फालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान छ। ‘जे पनि हुन सक्छ तर, घटना एक प्रकारले रहस्य नै बनेको छ। जनावर बिषेसज्ञ बिश्वनाथ रिजालका अनुसार एउटा बाँदर ले आफना अर्को  साथीलाइ बचाउँन जाँदा आफु पनी पोखरीमा  डुबेर आउँन नसकेका  हुन सक्ने बताउँनु भयो ।

,