जिप्रकासिपाद्धारा ज्यानमुद्धाका फरार पक्राउ


लोकप्रियसमचार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ गरेको छ  । जिल्ला प्रहरी कार्यलयका अनुसार २०७६श्रावण२८ गते  बिहान ९   बजेको समयमा सिन्धुपाल्चोक जिल्ला साबिक थकनी गा.बि.स.वडा नं. ६  हाल मेलम्ची नगरपालिका वडा नं. ४ बस्ने शुर्य बहादुर तामाङको श्रीमती बर्ष ३८ की तोक्सानी तामाङलाई  हत्या गरी फरार रहेको श्याम बाबु तामाङ्क लाइ पक्राउ गरिएको हो । घर निर्माण गरेको ज्याला रु.३२,०००। लिन बाँकी भएको र उक्त रकम नदिएको भन्ने निहुपारी निज तोक्सानी तामाङ आफ्नो घरमा एक्लै रहेको मौका छोपी  उदयपुर जिल्लासाबिक बसाह गा.बि.स.वडा नं. ५ हाल चौदण्डी नगरपालिका वडा नं. ३ बस्ने सुक्र तामाङको छोरा बर्ष ३० को श्याम बाबु तामाङले शरीरको बिभिन्न भागमा हात लात्ता मुक्काले हिर्काई करङ भाचि घाँटी निचोरी निर्ममतापूर्वक हत्या गरी घर भित्रबाट ढोकाको चुकुल लगाई चोटाबाट निस्की भागि वारदात पश्चात फरार रहेका थिए । फरार कर्तब्य ज्यान मुद्दाका प्रतिवादी श्याम बाबु तामाङलाई पक्राउ गर्नको लागि ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकबाट खटि गएको प्रहरी अधिकृत सहितको टोलीले  २०७६भाद्र५ गते बेलुका ८ः३०बजेको समयमा . मेलम्ची नगरपालिका वडा नं.१३ छाप भन्ज्याङ स्थितमा लुकीछिपी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद अनुमती लिई सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भएको छ । 


,