डिजिटल हाजिरी जवाफमा जलविरे भ्याली क्याम्पस प्रथमलोकप्रिय समाचार


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पसको १९ औं वार्षिकोत्सव आज  एक समारोका बिच ३ नंम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा  सम्पन्न हुने भएको छ।


जिल्लाकै पहिचान बोकेको चौतारा बहुमुखी क्याम्पसको १९औ ँ उत्सवको अवसरमा जिल्ला स्तरीय अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता  लगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
वार्षिकोत्सवको अवसरमा भाद्र ४ गतेदेखि आन्तरिक खेलकूद कार्यक्रम गर्दै भाद्र ७ गते शनिबार जिल्लामा रहेका क्याम्पसहरुका बिचमा डिजिटल प्रविधिमा आधारित हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । जिल्लामा रहेको बाह्र वटा क्याम्पसहरुमध्ये जम्मा ७ वटा क्याम्पसले सहभागिता जनाएको थियो। सहभागी हुने क्याम्पसहरुमा अरनिको क्याम्पस, बाह्रबिसे, सुृनकोशी बहुमुखी क्याम्पस, लामोसाँघु, ककलिङ क्याम्पस, लिसंखुपाखर, जलविरे भ्याली क्याम्पस जलविरे, अभयानन्द शिक्षा क्याम्पस इन्द्रावती, जुगल बहुमुखी क्याम्पस साँगाचोक र आयोजक क्याम्पस चौतारा बहुमुखी क्याम्पस रहेको थियो। हाजिरी जवाफ प्रतियोगिता डिजिटल प्रविधिबाट सञ्चालन गरिएको र प्रतियोगितामा साधारण, अडियो तथा भिजुअल र ¥यापिड फायर समेत गरी प्रश्न सोधिएको थियो । प्रतियोगितामा जलविरेभ्याली क्याम्पसबाट सहभागी भएका अमृत थापा, अमित तामाङ, दिनेश गोले रहेको टीम प्रथम हुन सफल भएको  छ । दोस्रो स्थानमा आउन सफल सुनकोशी बहुमुखी क्याम्पसबाट सहभागी भएका सम्झना गिरी, साजन लामा र अञ्जन तिमल्सिना रहेका छन् भने तृतीय स्थानमा आउन सफल भएको अभयानन्द शिक्षा क्याम्पसबाट सहभागी भएका तिर्थ बहादुर लामा, अनु लामा र विमला तामाङको टीम रहेको जानकारी सहायक क्याम्पस प्रमुख डम्बरबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
हाजिरी जवाफको प्राविधिक व्यवस्थापन कम्प्युटर इन्जिनियर तथा श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका कम्प्युटर विषयका शिक्षक विसन गिरीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुखले गर्नू भएको थियो । हाजिरी जवाफ प्रतियोगिता औपचारिक कार्यक्रम संचालक समितिका अध्यक्ष श्री कृष्णराज श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष केशवलोचन शर्मा, संचालक समितिका सदस्य नेत्रप्रसाद दंगाल, संस्थापक तथा स्थानीय सल्लाहकार समितिका संयोजक श्री सोम सापकोटा, स्ववियुका सभापति मिलन लामा, अतिथि प्राध्यापक एवम् साहित्यकार रमेश शुभेच्छु साथै क्याम्पस प्रमुख लगायत उपप्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टीमलाई मूल समारोह कार्यक्रममा  आज  नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने कार्यक्रम रहेको  क्याम्पस साहायक प्रध्यापक यज्ञ दङ्गालले  जानकारी दिनु भयो ।   

, , , ,