तेक्वान्दोको ग्रेडिङ सम्पन्न


हिराहरि तेक्वान्दो डोजाङ , चौतारामाको जुनियर तेक्वान्दो परिक्षा तथा एस ई ई उतिर्ण खेलाडीहरुलाइ मायाको चिनो प्रदानगरि सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगर  खेलकुद विकास समितिका संयोजक गणेश श्रेष्ठ, विशिष्ट अतिथि सिन्धुपाल्चोक जिल्ला फुटबल संघका उपाध्यक्ष तथा चौतारा साँगाचोकगढी सहसंयोजक अमृतमान श्रेष्ठ लगायत अभिभावकको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
तेस्तै गरि २०७५ सालमा एस  इ इ  उतिर्ण गर्न सफल डोजाङका खेलाडीहरुलाइ डोजाङले मायाको चिनो प्रदान गरिएको छ । मायाको चिनो प्रमुख अतिथि श्रेष्ठद्वारा वितरण गरियो ।
पहिलो  प्राथमिकता पढाइ अनि मात्र तेक्वान्दो लगायत अन्य  क्षेत्रमा समय   दिनुपर्नेमा  दिनुपर्ने डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले कार्यक्रम सन्चालन गर्ने क्रममा बताउनुभयो ।
अनुशासनमा रहि निरन्तर अभ्यास गरे एक दिन अवस्थ आफ्नो लक्ष्यमा पुग्न सफल हुने बताउनुहुदै प्रमुख अतिथि श्रेष्ठले खेल बिकासका लागी डोजाङ्गले देखाएको सक्रियताको बिषेश धन्यबाद दिनुभयो  ।

, , , , ,