चिनको नाकामा प्रहरी भवन सिलान्यास


लोकप्रियसमचार सिन्धुपाल्चोक नेपाल र चिनको सिमा नाकामा सुरक्षार्थ रहेको जिल्ला प्रहरी  कार्यालय मातहत सिमा प्रहरी चौकी कोदारी, सिन्धुपाल्चोकको नयाँ भवनको मंङ्गलबार एक समारोहका बिच सिलान्यास गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमूख प्रहरी उपरीक्षक मुकुन्द मरासिनी ले उक्त भवनको शिलान्यास गर्नु भएको हो  ।

    बि.सं. २०३८ साल देखी सिमा प्रहरी चौकी कोदारीको नाममा रहेको ३८ रोपनी जग्गा स्थानीय सर्वसाधरणहरुले अतिक्रमण गरी घर टहरा वनाई भोग चलन गरी आएका थिए ।  उक्त ३८ रोपनी जग्गा स्थानीयहरुबाट फिर्ता लिन गरिएका प्रयासहरु विफल भइरहेको अवस्थामा प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले आफ्नो कार्यकालमा त्यहाँका स्थानीय जनता र जनप्रतिनीधि, जिल्ला प्रशासन लगायतका सरकारी तथा गैह्र सरकारी कार्यालयहरुको साथ सहयोग र समन्वयमा जग्गा नेपाल प्रहरीको अधिनमा रहने गरी फिर्ता लिन सफल  भए पछी उक्त  भवन निर्माको कार्य अगाडी बढाइएको  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायबउपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
       उक्त जग्गामा बन्ने सिमा प्रहरी चौकी सिन्धुपाल्चोकको भवन निर्माण सम्बन्धी  बिभिन्न मितिमा आएको बजेटहरु कार्यान्वयन हुन नसकी फ्रिज भएर जाने गरेकोमा यस बर्ष भने मरासिनीको बिषेश पहलका कारण  बजेटको कार्यन्वयनका साथै भवनबन्ने भएको हो । ,  यसका लागी  प्रदेश सरकारले  ३ करोड ६७ लाख रुपैया भवन निर्माणको लागी छुट्याईएको छ ।
   नेपाल र चिन दुई देश जोडिने विभिन्न व्यापारिक कारोवार हुने तातोपानी सिमा नाकामा सुरक्षा संवेदनशीलता उत्तिकै महत्वपूर्ण विषय हो साथै दुई देशीय सुरक्षात्मक तथा कुटनीतिक बैठकहरु गर्नु पर्ने हुन्छ, साथै सिमामा हुने अवैध गतिविधिहरु र सिमा अपराध नियन्त्रण गर्नुपर्ने हुन्छ जसमा सुरक्षा निकायहरु पर्याप्त श्रोत र साधनहरुले भरिपूर्ण हुनुपर्छ, यसै सन्दर्भमा उक्त भवन निर्माण पश्चात सिमा सुरक्षार्थ जिम्मेवारी पाएको सिमा प्रहरी चौकी कोदारी, सिन्धुपाल्चोकमा राम्रो भौतिक संरचना निर्माण हुँदा उक्त कार्यमा सहज हुनेछ भने उक्त सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुको  दैनिक कार्य सम्पादनमा समेत सहजता आउने र सेवा प्रवाह चुस्त दुरुस्त हुने भएको छ

, ,