मन्त्री दुलालद्धारा चौतारामा रङ्गशालाको सिल्यान्यास


लोक प्रियसमचार
तिन नंम्बर प्रदेस सरकारले  प्रदेस भित्रका सबै जिल्लामा  आबश्यकता अनुसार रङ्गशाला निर्माण गरी खेलकुद बिकाशका लागी बिषेश कार्यक्रम ल्याएको  सामाजीक बिकास मन्त्री युवराज दुलालले बताउँनु भएको छ ।


उँहाले सिन्धुपाल्चोक  जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा निर्माण हुन लागेको  रङ्गशालाको सिल्यान्यास गर्दै उक्त कुराको जानकारी दिनु भएको हो । उँहाले खेलकुद मा सिन्धुपाल्चोकले देखाएको चासो अनी यस प्रती गरेको बिकासका कारण आफु र आफुनो सरकार सन्तुष्टी रहेको बताउँदै यो रङ्गशाला निर्माणका लागी जग्गा उपलब्ध गराउँने जिल्ला प्रशासन कार्यलय र रङ्गशाला निर्माणको लागी पहल गर्ने  तोप २१ लगाएत सबैलाइ बिषेश धन्यबाद दिनु भयो ।
  सिन्धुपाल्चोक जिल्लालाइ दिगो बिकासका लागि सुरुवात गरेको छौ यसको सुरुवात हामिले पचासौ करोड लगानि गरेर करीब छ हजार मानिस अट्ने  पहाडि रङ्गशालाको  को रुपमा बिकास गर्न लागेका छौ भन्नु भयो । उँहाले सिन्धु पाल्चोकलाइ  समृद्ध बनाउनका लागि चौतारा सँगाचोकगढी नगर पालिकाका २ वटा ठुला र देशको आकर्षक का रुपमा  योजना रहेको  यो रङ्गशाला र महा बिद्घालय को निर्माण  गर्ने प्रकृया शुरु भएको   बताउदै साने सिरुवारि हुँदै काठमाणडौ जानकालागि छोटो दुरिको सडक निर्माण  गरीन लागेको बताँउनु भयो । उँहाले रङ्गशाला छिटो निर्माण गिरदिन सबै पक्ष सँग अनुरोध गर्नु भयो । उँहाले प्रदेश न ३ जहा रङ्गशाला छैन त्यहा रर्ङ्गशाला  निर्माण गर्ने बहु  बिधालय स्थपना  गर्ने र शिक्षा र स्वास्थ्य  लगायत का काममा
प्रदेस सरकार लागेको बताउनु भयो ।
उँहाले   कुनै बिषयमा प्रहरी ले जाहेरीका आधारमा  अनुसन्धान गर्न    सक्छ  तर अनुसान्धानका लागि  ब्यक्ति पक्राउ पर्दा समय बरबाद गरेर जुलुस गर्नु धर्ना दिनु काम गररे न्यालयलाइ प्रभाब पार्न नहुने भन्दै यस्ताकामको पछाडि नलाग्न  अनुरोध गर्नु भयो । उँहाले बिकासका कामहरु केही समय ढिला भएको स्विकार गर्दै  बिरोध होईन सचेत गराउन पर्ने बताउनु भयो । अस्पताललाइ  प्रदेसकै दोश्रो नमुना अस्पतालका रुपमा बिकास गरिन लागेको समेत उँहाले बताउँनु भयो ।  उहाले   कानुनि हिसाबले सबैला सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा पुर्ब माननीय सुभाष कर्मचार्यले  सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढीमा रङ्गशाला लगाएत बिभिन्न ऐतीहासिक संरचना निर्माण गरेर सिन्धुपाल्चोक लाई पर्यटकिय र सस्कृतिको  घनि बनाउने योजना रहेको बताउदै  जिल्लाको सदरमुकाम रहेको चौतारालाइ समृद्ध बनाउन सबै लागि पर्न पर्ने  बताउनु भयोकार्यक्रमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले युवा शक्ती जागेको समयमा देसको बिकास हुने र जे कामको लागी पनी  काम सफल पार्न युवाहरुकै आबश्यक पर्ने हुँदा युवाहरुको चाहना अनुसार गरिएको बिकासले स्थाइत्व  पाउने बताउँनु भयो । नगरपालिकाको समृद्धको लागि सबै एक भयर अगाडि  बढ्न पर्ने आजको आबश्यकता रहृको छ ।त्यसैले  सबै एक भयर अगाडि बढ्न पर्छ भन्नू भयो ।  सार्बजनिक निर्माण कार्यन्वयन  इकाइको  धुलीखेलको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

, , , , ,