मेलम्ची खानेपानी विकास समितिले ग¥यो बातबरणीय प्रभाब को सार्वजनिक सुनुवाई


लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्ला स्थित चर्चीत योजना मेलम्ची खानेपानी योजना सम्पन्नमा ढिलाइ भइरहेको आबज उठी रहँदा मेलम्ची प्रभाबति हरु बिच सार्बजनीक सुनुवाइ भएको छ ।


शुक्रबार  मेलम्ची  खानेपानि  बिकास समितिले  प्रस्ताब गरेको  मेलम्ची खानेपानि आयोजना दोश्रो  चरणको बाताबरणिय प्रभाब मुल्याङ्न  प्रतिबेदनको बिषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो  । ईन्द्रवाती गाँउपालिका वडा नं १२ स्थित  भिमटार युवाक्लब भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको उपस्थित वडाअध्यक्ष मध्य बयोबृद्ध वडा अध्यक्ष  चोैतारा साँगाचोकगढी नगरपालिकका वडा न १२ का वडा अध्यक्ष  ध्रुब राज गिरीको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची  देखि दोलालघाट सम्मको क्षेत्रका पिडीतहरुको राहतका लागि  काम गर्दै आएको मेलम्ची खानेपानि बिकास समितिले अनुदान सहयोग गर्दै आएको छ ।
ईन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संञ्चालन समितीका अध्यक्ष  विश्व मणि आचार्यको सभापतित्वमा कार्यक्रम  सम्पन्न भएको हो । एशियालि बिकास बैङ्कका प्रतिनिधी एनी फष्टले आफुहरु यो योजना छिटै सम्पन्न होस भन्नका लागी काम गरिरहेको बताउँदै यसरी धेरै मानीसहरुको जम्मा गराएर स्थलगत प्रतिबेदन तैयार गरेर प्रत्यक्ष प्रभाबीतका कुरा सुनेर गरेको काम ले स्थाइत्व पाउँने बताउँनु भयो ।
मेलम्ची खानेपानी बिकास समितीका  माधब नेपाल उज्वल प्रजापती  धर्मराज देवकोटा  बताबरण प्रभाब मुल्याङ्कन को टोली संयोजक शिब शङ्कर कार्की  बाताबरण बिदहरु अभिषेक बिसी ,कुमार अर्याल, प्राबिधीक आदीत्य पौडेल लगायतको बिशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा  मेलम्ची खाने पानी आयोजना  दोश्रो चरण अन्तरगत याङग्री लार्के डाइर्सन  आयोजनाको बातबरणीय  प्रभाब मुल्याङ्कनको प्रतिबेदनको वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची–२, को नियम (ऐ) (७) बमोजिम कुनै पनि खानेपानी क्षेत्र सम्बन्धी प्रस्ताव अन्तर्गत, पचास हजारभन्दा बढी जनसंख्यालाई खानेपानी आपूर्ति गर्ने, एक लाखभन्दा बढी मानिसहरूलाई खानेपानी आपूर्ति गर्न नयाँ श्र्रोत जोड्ने आयोजना सञ्चालन गर्ने प्रस्ताव कार्यान्वयन गर्नु पर्ने भएमा साथै अनुसूची–२ को नियम अ (७) बमोजिम, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र, सिमसार क्षेत्र र वातावरण संरक्षण क्षेत्रमा ५० शैयाभन्दा बढीका रिर्सोट, होटल र सफारी तथा मध्यम र ठूला खालका शिक्षण संस्था, अस्पताल र उद्योग स्थापना वा अन्य निर्माण कार्य गर्ने, अ (१२) बमोजिम वनसँग सम्बन्धित सरकारी निकाय बाहेक अन्य निकायहरूबाट कार्यान्वयन हुने प्रस्तावको लागि ५ हेक्टर भन्दा बढीको वन क्षेत्र कटान गर्ने भएमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । सोही अनुरुप प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिएको छ । प्रस्तावित आयोजना लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्दछ ।

वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको मुख्य उद्देश्य आयोजना क्षेत्रको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्ने प्रभावहरु पत्ता लगाउनुका साथै वातावरणमा पर्ने नकारात्मक प्रभावको न्यूनीकरणका उपायहरु र सकारात्मक प्रभाव बढाउने उपायहरु बारे सुझाव दिनु र वातावरणीय ब्यबस्थापन योजना बनाई कार्यान्वयन गराउँनु मुख्य उद्धेश्य रहेको  र त्यस सम्बन्धमा प्रभाबीत चौतारा साँगाचोकगढी न.पा वडा नं १०का बेलबहादुर महत ,११ शुशिल माझी ,१२धु्रबराज गिरी,१३ रामप्रसाद गौतम,१४ का  अध्यक्ष शेर बहादुर श्रेष्ठ  र  ईन्द्रावती  गाउपालिका  वडा न ७का बिरबहादुर तामाङ्ग,८का काबा अध्यक्ष बखानसिंह तामाङ्ग ,९बाबुरामलामा ,१०जिबन थापा मगर,११मने माझी १२का वडाअध्यक्ष  कमल रत्न दनुवारले आआफ्नो भनाइ राख्नु भएको थियो एबम सर्बसाधरणहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रभाबतिहरुलाइ राहतका साथै मेलम्ची खानेपानी कमाइ खाने भाँडो नबनाइ छिटो सम्पन्न गरेर काठमाण्डौ बासीलाइ पानी खुवाउँन  उपस्थितीहरुले सरकारसँग माग गरेका छन । सभाध्यक्ष बिश्वमणी आचार्यले  मेलम्ची खानेपानी बिकास समितीले यँहाका प्रभाबीतहरुलाइ पुर्याउँदै आएको  सहयोगका बारेमा बिषेश  आभार ब्यक्त गर्दै आगामी दिनमा पनी  अझबढी  र प्रभाबकारीताका ढङ्गले  अगाडी बढ्न सबेको सहयोग  आबश्यक भएको बताउँनु भयो । कार्यक्रमको संञ्चालन ईन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संञ्चालन समितीका सचिब इच्छाराम दङ्गालले गर्नु भएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको बाबरण  मुल्याङ्कन अध्ययन  को प्रतिबेदन यस प्रकार रहेको छ ः मेलम्ची खानेपानी आयोजना दोश्रो चरण अन्तर्गत याङ्ग्री लार्के डाईभर्सन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन (EIA)प्रतिवेदनको
कार्यकारी सारांश

१ पृष्ठभूमि

मेलम्ची खानेपानी बिकास समितिले सिन्धुपाल्चोक जिल्लामा मेलम्ची खानेपानी आयोजनाको दोश्रो चरण अन्तर्गत याङ्ग्री र लार्के खोलाहरुमा इन्टेक र डाईभर्सन स्ट्रक्चरहरु निर्माण गरि याङ्ग्री र लार्के खोलाहरुको पानी प्रशोधन केन्द« महाँकाल, काठमाण्डैमा खसाल्ने योजना रहेको छ । यस क्रममा लार्के खोला बाट याङ्ग्री हेडवर्क्स सम्म करीब २ कि. मि. लामो सुरुङ्ग निर्माण गरी लार्के खोलाको पानी याङ्ग्री खोलामा खसालिनेछ र तत्पश्चात याङ्ग्रीको हेडवर्क्स बाट मेलम्ची नदीमा निर्माणाधिन हेडवर्क्स सम्म करीब ९ कि. मि. लामो सुरुङ्ग निर्माण गरि मेलम्ची नदीको हेडवर्क्समा पानी खसाल्ने योजना रहेको छ । यसै आयोजना अन्तर्गत मेलम्चीको मुख्य सुरुङ्गबाट लगिएको पानीलाई काठमाण्डौको सुन्दरीजलमा ३४ करोड लिटर प्रति दिन क्षमता को पानी प्रशोधन केन्द्र निर्माण गरि प्रशोधित पानी वितरण गर्ने योजना रहेको छ । जसको लागि यो वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन(EIA)प्रतिवेदन तयार गरिएको हो ।
२ प्रस्तावक
नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत रहेको मेलम्ची खानेपानी बिकास समिति यस वातावरणीय प्रभाव मूल्याङ्कनको लागि प्रस्तावकको रुपमा रहेको छ ।
प्रस्तावकको पुरा ठेगाना
मेलम्ची खानेपानी बिकास समिति,
पानीपोखरी – महाराजगञ्ज, काठमाण्डौ
सम्पर्क फोन ः ९७७–१–४४४३४७३, फयाक्स नं. ९७७–१–४००६५४१
ईमेल ः[email protected]

३ वातावरणीय प्रभाव मूल्याङ्कनको औचित्य तथा उद्धेश्य
वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची–२, को नियम (ऐ) (७) बमोजिम कुनै पनि खानेपानी क्षेत्र सम्बन्धी प्रस्ताव अन्तर्गत, पचास हजारभन्दा बढी जनसंख्यालाई खानेपानी आपूर्ति गर्ने, एक लाखभन्दा बढी मानिसहरूलाई खानेपानी आपूर्ति गर्न नयाँ श्र्रोत जोड्ने आयोजना सञ्चालन गर्ने प्रस्ताव कार्यान्वयन गर्नु पर्ने भएमा साथै अनुसूची–२ को नियम अ (७) बमोजिम, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र, सिमसार क्षेत्र र वातावरण संरक्षण क्षेत्रमा ५० शैयाभन्दा बढीका रिर्सोट, होटल र सफारी तथा मध्यम र ठूला खालका शिक्षण संस्था, अस्पताल र उद्योग स्थापना वा अन्य निर्माण कार्य गर्ने, अ (१२) बमोजिम वनसँग सम्बन्धित सरकारी निकाय बाहेक अन्य निकायहरूबाट कार्यान्वयन हुने प्रस्तावको लागि ५ हेक्टर भन्दा बढीको वन क्षेत्र कटान गर्ने भएमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । सोही अनुरुप प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिएको छ । प्रस्तावित आयोजना लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्दछ ।

वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको मुख्य उद्देश्य आयोजना क्षेत्रको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्ने प्रभावहरु पत्ता लगाउनुका साथै वातावरणमा पर्ने नकारात्मक प्रभावको न्यूनीकरणका उपायहरु र सकारात्मक प्रभाव बढाउने उपायहरु बारे सुझाव दिनु र वातावरणीय ब्यबस्थापन योजना बनाई कार्यान्वयन गराउनु रहेको छ ।
४ प्रस्तावको विवरण तथा अध्ययनविधि
क.प्रस्तावको विवरण

मेलम्ची खानेपानी आयोजनाको दोश्रो चरण अन्तर्गत दुईवटा भागमा बिभाजन गरेको छ । तिनीहरुको बिस्तृत बिबरण तल दिईएको छ ।
याङ्ग्री र लार्के खोलाहरुमा डाईभर्सन योजना
याङ्ग्री र लार्के खोलाहरुमा डाईभर्सन योजनामापाँच घटकहरुमाबिभाजन गरिएको छ जसमा लार्के खोलामा सानो वाध वाधी उक्त खोलाकोेकरीब २ घ.मि. प्रति सेकेण्ड (१७ करोड लिटर प्रति दिन) पानी याङ्ग्रीखोलामा खसाल्ने र याङ्ग्रीखोलामासमेत सानो वाध वाधी उक्त खोलाको थप करीब २ घ.मि. प्रति सेकेण्ड (१७ करोड लिटर प्रति दिन) पानीसमेत जम्मा ३४ करोड लिटर प्रति दिन पानी मेलम्ची खोलाको अम्वाथानमा खसाल्ने र सो पानीहाल निर्माणाधिन मेलम्ची डाईभर्सन टनेलबाट सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसाल्ने योजना रहेको छ । पाँचप्रमुख घटकहरु निम्न प्रकारको रहेकाछन ।

१) डाइभर्सन वाध, इन्टेक तथा सम्बन्धित संरचना लार्के खोलामा निर्माण गर्ने,
२) २.० किलोमिटर लामो डाईभर्सन टनेल निर्माण गरी लार्के खोलाबाट याङ्ग्री खोला सम्मटनेलनिकाल्ने,
३)याङ्ग्री खोलामा डाइभर्सन वाध, इन्टेक तथा अन्य सम्बन्धित संरचनाहरू निर्माण गर्ने,
४) ९.० किलोमिटर डाइभर्सन टनेल याङ्ग्री खोला देखि मेलम्ची खोला हेडवर्क सम्म निर्माण गर्ने,
५)अम्बाथान देखियाङ्ग्री आउटलेट सम्म पहुच सडकको निर्माण गर्ने,
पानी प्रशोधन केन्द«– महाँकाल, सुन्दरीजल
मेलम्ची डाईभर्सन आउटलेटको पानीलाई सुन्दरिजलमा ५१ करोड लिटर प्रति दिन खुला च्यानल वा पाइपलाइनमार्फत पानी खसालिने छ । दोस्रो चरण अन्तर्गत पानी प्रशोधन केन्दमा ३४ करोड लिटर प्रति दिन क्षमताको पानी प्रशोधन केन्दमा पहिलो चरणकै क्षेत्र मा निर्माण हुनेछ, जुन मेलम्ची पहिलो चरण कार्यान्वयनको क्रममा अधिग्रहण भइसकेको छ।
ख. अध्ययन बिधि
यसवातावरण प्रभाब मुल्यांकन ९भ्क्ष्ब्०प्रतिवेदन बनाउदा आवश्यक कार्यालय डेक्समा गरिने अध्ययन र क्षेत्रमा गएर गरिने अध्ययन तथा विभिन्न सरोकारवाला निकायहरुवाट आएका प्रतिकृयाहरू मार्फत तयार गरिएको हो । वन तथा वातावरण मन्त्रालय बाट कार्यसूचि २०७५र१२र१० मा स्विकृत गरेको हो । वातावरणीय प्रभाव प्रतिबेदनको निष्कर्षको लागि मितिः २०७४र०६र२६ गते देखि २०७४र०७र३ र २०७४र०७र९ देखि २०७४र०७र१६ सम्म ,२०७५र१२र१२ देखि २०७६र०२र४ र २०७६र०२र९ देखि २०७६र०२र११ गते सम्म प्रस्तावित मार्गमास्थलगत वातावरणीय सर्वेक्षण गरिएको थियो साथै पुनर्वास योजना र विस्तृत सर्वेक्षणको लागि सामाजिक र प्राविधिक टोलीहरूद्घारा सेकेन्डरी जानकारी पनि प्रयोग गरिएको थियो ।

भौतिक र रसायिनक वातावरण ः
आयोजनाको संरचनाहरु निर्माण हुने सम्भावित ठाँउ वा स्थानहरुको भूगर्भ, माटो र जमीन राम्ररी अध्ययन गरियो । प्रभावित क्षेत्रहरु र पानी प्रशोधन केन्द्रको वायुको गुणस्तर जाँच मुल्याङ्कन गरियो । त्यसैगरी याङ्ग्री, लार्के, इन्द्रावती र मेलम्ची नदीहरु का साथैै दोलालघाटस्थित इन्द्रावती सुनकोशीको संगमबाट पानीको नमूना वा स्याम्पलहरु पनि संकलन गरिएको थियो । ध्वनीको दबाव नाप्ने मिटर यन्त्रको सहयोगले याङ्ग्री, धाप, मेलम्ची र सुन्दरीजलमा ध्वनीको स्तर मापन गरिएको थियो । त्यस्तै याङ्ग्रीदेखी दोलालघाटसम्मको तल्लो तटिय क्षेत्रमा पानीको उपयोगहरुको बारेमा स्थलगत सर्वेक्षणका साथै प्रभावित गाउपालीका तथा नगरपालीकाबाट तथ्याङ्ग समेत संकलन गरिएको थियो ।

जैविक वातावरण ः
वनस्पति
आयोजनाको निर्माण स्थानहरुको वन वनस्पति र भएका जैविक विविधताको सम्पूर्ण सूचनाहरु संकलन गर्नका निम्ति रुखहरुको बृद्घिविकासको रुप सहित कुल संख्याको गणना गरिएको थियो । साथै आयोजना क्षेत्रको पर्यावरण स्थीति बुझ्नका निम्ति वरीपरीकालवन क्षेत्रहरुको केही नमूना प्लटहरु लिइएको थियो । यसका साथै आयोजनाको क्रियाकलापहरुबाट जैविक वातावरण विशेष गरी वनमा पर्ने प्रभावका बारेमा सूचनाहरु संकलन गर्नका लागि मुख्य सूचनादाताहरुसँग स्थलगत सर्वेक्षणका साथै उहाँहरुसँग अन्र्तवार्ता पनि लिइएको थियो ।

जीवजन्तु वा वन्यजन्तु
प्रत्यक्ष अवलोकनका साथै स्थलगत सर्वेक्षणबाट प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । यसका साथै सहायक तथ्याङ्क (क्भअयलमबचथ मबतब) संकलन परामर्श वा समूह छलफल बैठकहरु तथा सहायक सामग्रीहरु बाट संकलन गरिएको थियो । समूह छलफल वा परामर्श बैठकहरु स्थानीय सर्वसाधारण व्यक्तिहरु, वन जाने वा वस्तुहरुलाई चरन गर्न लैजानेहरु, आयोजनाको स्थानीय फील्ड कर्मचारी, समुदायिक वन उपभोक्ता समुहहरु, आदि सँग बसेर संचालन गरिएको थियो । त्यस्तै गरी, माछाहरु पहिचान, उनीहरुको वासस्थान र विविधता बुझ्नका निम्ति माछाको नमुना संकलन पनि गरिएको थियो ।

सामाजिक आर्थिक र सांस्कृतिक वातावरण
आयोजनाले प्रभाव पारेका घरधुरीहरुको सामाजिक आर्थिक अवस्थाहरुको बारेमा संरचित प्रश्नावली को प्रयोगबाट सर्वेक्षण गरिएको थियो । आयोजना प्रभावित गाउपालिका र नगरपालिकाका वडाहरुका बासिन्दाहरुको सामान्य सामाजिक आर्थिक अवस्थाका बारेमा सूचना संकलन गर्न सहभागीमूलक ग्रामीण लेखाजोखा विधिहरुको प्रयोगबाट वस्तीस्तरीयसामुहिक छलफल तथा लक्षित समूह छलफल गरिएको थियो ।यस क्रममा प्रस्तावित आयोजना क्षेत्रका नदि तटिय प्राय सबै वस्तीहरुमा गाऊँ स्तरीय प्रतिनिधी तथा अन्य स्थानीय ब्यक्तिहरुसँग प्रस्तावित आयोजनाबाट पर्न जाने सकारात्मक तथा नकारात्मक असर वारे बिभिन्न स्थानमा गरी २२ वटा सामुहिक छलफल र ३५ लक्षित समुह छलफल वाट परामर्श तथा राय सुझाब संकलन गरीएको थियो । लक्षित समुह छलफल मध्ये ११ माझी समूह, ९ महिला समूह, ४ तामाङ समूह, ३ दनुवार समूह, २ सिचाई कुलो उपभोक्ता समूह, १ दलित समूह, १ मेलम्ची खानेपानी आयोजना निर्माण विकास समूह, १ सुन्दरीजल मध्यवर्ति क्षेत्र उपभोक्ता समूह, १ इन्द्रावती तेश्रो जलविद्युत आयोजनाको स्थानीय कर्मचारीसँग, १ लार्के सामुदायिक वन उपभोक्ता समूह र १ याङ्ग्री शैक्षिक केन्द्रसँग गरिएको थियो ।त्यस्तै परामर्श बैठकहरु आयोजना प्रभावित वस्तीहरुको खानेपानी उपभोक्ता समुदायहरुसँग गरिएको थियो ।

ग. सार्बजनिक सुनुवाई तथा सार्वजनिकसूचना प्रकाशन
त्यसैगरि वातावरणीयप्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी को क्रममा सरोकारवाला निकायहरुको राय सुझाब सङ्कलनको लागी सार्वजनिक सुचना २०७६÷०४÷०४ गतेको गोरखापत्र, नेपाली राष्ट्रिय दैनिकमा सार्बजनिक सुनुवाई सम्वन्धी सुचना प्रकाशित गरि त्यसको जानकारी सरोकारहरुलाई गराई यो सार्बजनिक सुनुवाई कार्यक्रम गरीएको छ ।

५. ऐन, नियम, कानुन तथा नीतिहरुको समीक्षा
प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्ने क्रममा खानेपानी विकास संग सम्बन्धित विद्यमान वातावरणीय पक्षसंग जोडिएका नेपाल सरकारको विभिन्न योजना, नीति, नियम, नियमावली, ऐन, कानुनहरुको साथै अन्तर्राष्ट्रिय सन्धि सम्झौताको समीक्षा गरिएको छ । यस्ता कानुनी प्रावधानहरुको समीक्षा गर्नुको मुख्य उद्धेश्य खानेपानी आयोजना निर्माणको विभिन्न चरणमा आकर्षित हुने नीति तथा नियमहरु लागु गर्नु हो । साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९; राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी कार्यबिधि, २०७४; संरक्षित क्षेत्रभित्र खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माण एवं सञ्चालन सम्वन्धि नीति, २०६५ आदि जस्ता ऐन, नियम, कानुन तथा नीतिहरुको हरुको समिक्षा गरिएको छ ।

६. आयोजनाको विद्यमान वातावरणीय अवस्था
६.१ भौतिक वातावरण
भौगोलिक रुपमा प्रस्तावित आयोजनाको क्षेत्र सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका को वडा न. २ र ३ तथा हेलम्बु गाउँपालिकाको वडा न. १ मा प्रर्दछ । लार्के र याङ्ग्री खोलालाई करिब २ कि.मि. लामो सुरुङ्घ ले जोड्ने छ र यस क्षेत्र पाँचपोखरि थाङपाल गाँउपालिका वडा नं २ मा प्रर्दछ र अर्को करिव ९ कि.मि. सुरुङ्घ याङ्ग्री र मेलम्ची नदीलाई जोड्ने छ र यस क्षेत्र हेलम्बु गाँउपालिका वडा नं १ अम्बाथान ड्याम साइटकोे नजिकै रहेको छ जहाँमेलम्ची खानेपानी आयोजनाको पहिलो चरण अन्तर्गतकोकामहरु भै रहेको छ । पाचपोखरी थाङपाल गाउँपालिका बडा नं २ र ३ मा पर्ने याङ्ग्री र लार्के खोलामा दुई वटा साना ड्यामहरु बनाइने छ ।

आयोजनाको प्रस्तावित याङ्ग्री र लार्के बाँध स्थलहरुको ऊचाई समुद्री सतहबाट क्रमशस् १४७५ मि. र १५०४ मि. मा रहेको छ । आयोजना क्षेत्रको लागी १२.२७ हे. जग्गा अधिग्रहण गर्नुपर्ने आवस्यक देखिन्छ जुन वन क्षेत्र, नदी र मैदानहरू, बाँझो जमिन र केहि कृषियोग्य जमीनहरु रहेको छ। सामान्यतया, आयोजना क्षेत्रमा चट्टानी पहाड र भिरालो भूबनोट रहेको छ । प्रस्तावित आयोजना क्षेत्रको गृष्मकालीन तापक्रम २७.४९ डिग्री सेन्टिग्रेड र शितकालीन तापक्रम २.९८ डिग्री सेन्टिग्रेड सम्म रहेको छ ।
६.२ जैविक वातावरण
प्रस्तावित याङ्ग्री र लार्के डाईभर्सन आयोजना लाङटाङ राष्ट्रिय निकुञ्जकोेमध्यबर्तीक्षेत्रमा अवस्थित छ। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने याङ्ग्री हेडवर्क, लार्के हेडवर्क र याङ्ग्री आउटलेट क्रमशः पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा २, ३ र हेलम्बु गाउँपालिका वडा नं १ मा अबस्थित छ । हेलम्बु गाउँपालिकावडा नं १ को मध्यवर्ती क्षेत्रमामा लाङटाङ राष्ट्रिय निकुञ्जकोे कार्यालय रहेको छ ।आयोजनाको प्रमुख संरचनाहरु रहने स्थलमा घना जङ्गल छैन । प्रमुख रूख प्रजातिहरू साल, चिलाउने आदी रूखहरू हुन, भने सल्ला, सिमल, साज, कटुस, चाँप, आँप,उत्तिस, मालातो, गोगन, अंगेरी आदि रूखहरू आयोजना क्षेत्रकोे वरिपरि रहेका छन।यस्तै, याङ्ग्री खोला हेडवर्क मा (सुरुङ प्रवेश द्वार),मा पाईएका वनस्पतिमा निगालो, मोलीआदि रहेकाछन् भने थोरै संख्यामा हाडेवयर रुख रहेका छन ।

यस आयोजना क्षेत्रमा २५ प्रकारका स्तनधारी प्रजातिहरु रिपोर्ट गरिएका छन। आयोजना क्षेत्रमा रिपोर्ट गरिएका स्तनधारी प्रजातिहरु हरुमा रातो बादर, बदेल, बन बिरालो, लोखर्केे, दुम्सी, स्याल, माल्साप्रो, रतुवामृग, घोरल आदिरहेका छन ।त्यसैगरी ७८ प्रजातिका चराहरु यस आयोजना र यसका वरिपरिका क्षेत्रहरूबाट रिपोर्ट गरिएका छन। अधिकांश रिपोर्ट गरिएको प्रजातिहरू यस क्षेत्रमा प्रायः देखिन्छन् जुन चराहरू वढिजसो आवासीय क्षेत्रमा पाईने चराहरू हुन्। प्रवासी प्रजातिहरू काफल पाक्यो, कुकु कोईली, गाजले सुनचरी, स्वर्ग चरी, स्याम स्वयत अरुनक, निलो थुतुने अरुनक, चन्नले अरुनक, सानो निल्तवा, सेतो टिकटिके र पहेंलो टिकटिके हुन्। यसका साथै अन्य चराहरुमा कालिज, काग, न्याउली, रुपी, मलेवा, गौथली,स्यालपोथरी, लामपुच्छरे आदि रहेका छन ।

स्थानीय समुदायहरूसँगको अन्तरक्रिया, स्थानीय माछामार्नेहरूसँग परामर्श र याङ्ग्री खोलामा कास्टनेट स्याम्पलिङ्ग अध्ययन बिधिको आधारमायाङ्ग्री,लार्के र इन्द्रावती नदीमा १५ प्रजातिको माछाहरु रिपोर्ट गरिएको छ । रिपोर्ट गरिएका प्रजातिहरूमध्ये वुच्चे असला,चुच्चे असला र कत्ले प्रवासी प्रजातिहरू हुन्।अन्य पहिचान गरिएको माछा प्रजातिहरू बुदुना र फेकेटा आदी रहेका छन्।

६.३ सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण
सिन्धुपाल्चोक जिल्लामा प्रभावित वार्डको कुल जनसंख्या ८५,६९२ जसमा (पुरुष–४१०४४, महिला–४४६४८) रहेको छ भने काभ्रेपलाञ्चोक जिल्लामा २५६९४ ((१२,१२३ पुरुष र १३५७१ महिला) रहेको छ जसमा औसत घरपरिवार संख्याक्रमशः ४.४३ र ४.३२रहेको छ। यस क्षेत्रको जनसंख्यामा तामाङ (२५.१९ ५), बाहुन (२२.८१ ५), क्षेत्री (१३.४६ ५), दलित (८.६५ ५), नेवार (७.९७५), दनुवार (५.४१ ५), माझी (५.०६ ५) र अन्य समूहहरू रहेका छन् ।प्रभाव पर्ने गाउँपालिका ÷नगरपालिका तथा वडा को बिवरणहरु तपसीलमा उल्लेख गरएिको छ ।

तपसील ःप्रभाव पर्ने गाउँपालिका ÷नगरपालिका तथा वडा को बिवरणहरु
सि.नं गाउँपालिका ÷नगरपालिका
जिल्ला ः सिन्धुपाल्चोक
१. पाँचपोखरी थाङ्गपालगाउँपालिकावडा नँ १, २, ३, ४, ५, ६, ७ र ८
२. हेलम्बु गाउँपालिका वडा नँ१
३. मेलम्ची नगरपालिका वडा नँ७, ८, ९, १०, ११, १२ र १३
४. ईन्द्रावती गाउँपालिका वडा नँ५, ६, ७, ८, ९, १०, ११ र १२
५. चौतारा सागाँचोकगढी नगरपालिका वडा नँ१०, ११, १२, १३ र १४
जिल्ला ः काभ्रेपलान्चोक
६. मण्डनदेउपुर नगरपालिका वडा नँ५, ६, ७, ८, ९, १० र १२
७. भुम्लु गाउँपालिका वडा नँ८, ९ र १०
जिल्ला ः काठमाण्डौ
८. गोकर्णेश्वर नगरपालिका वडा नँ१

यसका साथै आयोजना प्रभावित बस्तीलाई प्रभावको आधारमा विभिन्न तीन वर्गमा वर्गीकृत गरिएको छ।
, आयोजना निर्माण स्थलको वरिपरिअवस्थित प्रभावित बस्तीहरु ( सिन्धुपाल्चोकका याङ्ग्री, लार्क,े सुनचौर र काठमाडौंको महाँकाल)
, सवारी साधन आवागमन रपानीको प्रवाहको कारण प्रभावितबस्तीहरु(मेलम्ची पुल बजारबाट याङ्ग्री हेडवर्कसम्म इन्द्रवतीको बाँया किनारा बस्तीहरु)
, कम पानीको प्रवाहको कारण प्रभावित बस्तीहरु( मेलम्ची पुल बजारबाटदोलालघाटसम्म इन्द्रवतीको दुबै किनाराको बस्तीहरु)

आयोजना प्रभावित क्षेत्रबाट कुल प्रभावित परिवार (४३ घरघुरी) मध्ये, २६घरघुरी परिवार सर्वेक्षण गरिएको थियो। सर्वेक्षण गरिएको परिवारको कुल जनसंख्या ११४ हो जसमा (५४.३८५ पुरुष र ४५.६२५ महिला) औसत घर आकार ४.३८ रहेको छ । परिवारको उमेर वितरणको आधारमा, ५८.७७५ जनसंख्या १५–६० वर्षको रहेको छ जबकि २५.४३५ जनसंख्या १५ वर्ष मुनिका रहेको छ र १५.७९ ५ जनसंख्या ६० बर्ष भन्दा माथि छन्। तामाङ (८८.४६५) सबै भन्दा धेरै सर्वेक्षण गरिएको घरपरिवारमा प्रमुख जाति समूह रहेको छ र दलित (११.५४५) रहेको छ ।कुल जनसंख्याको ५ बर्ष भन्दा माथिको कुल जनसंख्या मध्ये ७४.२६५ साक्षर छन् (६.८३५ ले पढ्न र लेख्न सक्दछन् भने क्रमशः ३४.६५५र २२.७७५ले आधारभूत र माध्यमिक र माध्यमिक तह भन्दा माथिको अध्ययनगरेका छन् । प्रभावित परिवारमा पुरुष साक्षरता स्थिति ५७.३३५ छ जबकि महिलाको सन्दर्भमा यो ४२.६७५ रहेको छ। प्रभावित घरपरिवारमा प्रमुख पेशा कृषि (३८.६१५) छ, यसपछि वैदेशिक रोजगार (१४.८५५), कृषि श्रम (१०.८९५), ५.९४५ व्यवसाय र निजी वा सरकारी सेवामा संलग्न छन् र विद्यार्थीहरू (२४.७५५) छन्। २६ वटा घरपरिवारमध्ये २३ वटा मध्य (८८.४६५) आदिवासी र अन्य जाति ११.५४ ५ रहेका छन्। कूल रिपोर्ट गरिएको आदिवासी परिवारहरू मध्य ३४.७८५परिवारहरू गरीबीको रेखा मुनि पर्दछन्।

६.४ पानीको उपयोग वहाव
याङ्गी र इन्द्रावतीको पानीको उपयोगका सम्वन्धमा याङ्गी, लार्केको बाध क्षेत्रदेखि दोलालघाटसम्म गरीएको सर्बेक्षण तथा प्रभावित गाउंपालीका तथा नगरपालीकाहरुले उपलब्ध गराएको जानकारी अनुसार उक्त नदीहरुको पानी बिषेश गरी तल्लो तटिय क्षेत्रमा निम्न प्रयोजनहरुको लागी उपयोग गरीएको पाईएको छ ।

क्र.स. पानीको उपयोग÷योजना संख्या कैफियत
जलबिधुत संचालन ७.५ मे.वा. र ५६ कि.वा.
दाह सस्कारका घाटहरु ५२ संरचना भएका र नभएका समेत
सिंचाईका योजनाहरु १८ लिफ्ट सिंचाई तथा सिंचाईका संचालनमा रहेका तथा भविश्यमा संचालनको योजनामा रहेका समेत
खानेपानीका योजनाहरु संचालनमा रहेका तथा भविश्यमा संचालनको योजनामा रहेका समेत
माछा पोखरी स्थानिय स्तरमा संचालित
आयोजना संचालन पछिइन्द्रावती नदीको पानीको बहावमा कमी हुन गै दुरगामी रुपमा यस क्षेत्रमा असरपर्ने देखिन्छ । आयोजना संचालन पछि हालको वहावमा बिभिन्न स्थानमा के कति कमि हुन आउछ भन्ने सम्वन्धमा गरीएको अध्ययनको आधारमा कुन स्थानमा पानीको वहाव कति कमी हुन जानेछ भन्ने तल तालीकामा प्रस्तुत गरीएको छ ।
क्र.स. स्थान पानीको वहावमा हुने कमी ( प्रतिशत)
सुख्खा समयमा वर्षातको समयमा
हाडी खोला र इन्द्रावतीको दोभान, धाप ६६ प्रतिशत ५ प्रतिशत
मेलम्ची खोला र इन्द्रावतीको दोभान, मेलम्ची ५२ प्रतिशत ४ प्रतिशत
सुनकोशी र इन्द्रावतीको दोभान, दोलालघाट ३० प्रतिशत ३ प्रतिशत
त्यसैले प्रस्ताबित आयोजनाको कारण स्थान बिषेश अनुसार प्रभाव फरक फरक पर्ने देखिन्छ र प्रभावित वासीन्दाहरुको दैनिकी तथा हाल पानीको उपयोग तथा संचालनमा रहेका योजनाहरुलाई प्राय संचालनमा असर नपर्ने नै देखिन्छ । तर हाल संचालनमा रहेको इन्द्रावती तेस्रो जलबिधुत आयोजना भने सुख्खा समयमा असर पर्ने देखिन्छ ।इन्द्रावती तेस्रो जलबिधुत आयोजना निर्माणको चरणमानै प्रस्तावित मेलम्ची दोस्रो चरण आयोजनाको बारेमा अबगत गराईएको र उक्त आयोजना संचालन भै जलबिधुत उत्पादनमा कुनै असर पर्न गएमा मेलम्ची खानेपानी बिकास समिति जवाफदेही नहुने भन्ने सम्झौता रहेको छ ।

वातावरणीय प्रभावहरु
७.१ सकारात्मक प्रभावहरु
आयोजना निर्माणका क्रममा तत्काल देखिएका सकारात्मक प्रभावहरुमा यसले स्थानिय तथा अन्य ब्यक्तिहरुलाई रोजगारीको अवसरकासाथै नयाँ शिप र ज्ञानको सृजना गर्ने छ । यसैगरी आयोजना सञ्चालन पछि हुने सकारात्मक प्रभावहरुमा यस आयोजना आसपासको क्षेत्र तथा मुख्य वस्तिहरु लगायत यसका आसपासका जनतालाई बषैभरी यातायातको सुविधा तथा पहुँच, स्थानीय कृषि उपजमा आधारित कृषि उद्योगको प्रवद्र्धन तथा जमिनको मुल्य बृद्घि हुने र पांचपोखरी लगायतका पर्यटकीय क्षेत्र मा पनि आवागमनमा सहज भई पर्यटन ब्यबसाय पनि फष्टाउन गई आर्थिक विकास हुने सम्भाबना रहेका छन् ।

७.२ नकारात्मक प्रभावहरु
निर्माण चरण
, आयोजना निर्माणका क्रममा वातावरणको सामाजिक अवयवमा देखिनसक्ने प्रमुख नकारात्मक प्रभावहरुमा उपलब्ध सेवा सुविधामा दवाव, स्थानीय र आगन्तुक कामदारहरु बिच द्वन्द सिर्जना, पेशागत स्वास्थ्य तथा सुरक्षामा प्रभाव, आदि मुख्य सरोकारका बिषय रहेका छन ।
ड्ड याङ्ग्री र लार्के खोलाहरुमा इन्टेक र डाईभर्सन स्ट्रक्चरहरु तथा सुरुङ्गनिर्माण गर्दा चाहिने आबस्यक १२.२७हे. जग्गा मध्ये ३.५९ हे. खेति योग्य जमिन, १.९५ हे. बन क्षेत्र, ३.४२ हे. झाडी क्षेत्र, र २.४९ हे. खोला बगर तथा खोल्सीहरुमा आयोजनाले असर पार्ने देखिन्छ ।
, आयोजना निर्माण कार्यबाट उत्खनन् गरीएको माटोले वायु र पानीको गुणस्तर घटाउन सक्नेछ । आयोजना निर्माण प्रकृयामा प्रयोग हुने उपकरण, सवारीसाधन एवं रसायनिक तत्वहरुको कारण ध्वनि, वायु र पानी प्रदुषित हुन सक्नेछ ।
, फोहोरको उचित व्यवस्थापन नभएमा जल तथा जमिनको प्रदुषणले अन्य नकारात्मक प्रभाव निम्त्याउने सम्भावना रहन्छ ।
, निर्माण सामाग्रीहरुको समुचित भण्डारण तथा संचालन नगर्दा चुहावटका कारण सतही तथा भुमिगत जल प्रदुषित हुनसक्दछ ।
, जैविक वातावरणमा पर्ने प्रभावको सन्दर्भमा चोरीशिकारीका कारण वन्यजन्तुमा पर्ने प्रभावलाई महत्वपूर्ण मान्न सकिन्छ । निर्माणका लागि आयोजना बाट करीब ४६९ रुखहरुमध्यवर्ती क्षेत्रवटा हटाउनु पर्ने देखिन्छ ।
, आयोजनामा काम गर्ने कामदारहरुद्वारा गैरकानुनी रुपमा खाना पकाउने दाउरा तथा अन्य वस्तुहरुको लागि आयोजना र आसपासका वन क्षेत्र प्रयोग हुन सक्ने छ ।
, आयोजना र आसपासका वन क्षेत्रबाट जंगली जनवारको गैरकानुनी रुपमा चोरी शिकारी हुन सक्नेछ ।साथै आयोजना नजीकका वन अतिक्रमण हुन सक्नेछ ।
, स्थायी रुपमा करीव ३.५९ हेक्टर खेतियोग्य जमिनको अधिग्रहण हुन गै बार्षिक ४.४५ मेट्रिक टन खाद्यान्नमा ह्रास आउने छ र आयोजनाको कारण करीव २३९ वटा नीजि आवादीका रुखहरु हटाउनु पर्ने देखिन्छ  ।
, निर्माण कार्यले गर्दा सामाजिक पूर्वाधारहरु जस्तै स्वास्थ्य, खानेपानी तथा सरसफाई, बिद्युतिय प्रणाली आदिमा असर पर्न सक्नेछ ।
, आयोजनाका कामदारहरुको वसोवासको उचित व्यवस्थापन नभएमा वातावरणीय व्यवस्थापनमा ह्रास हुन सक्ने र सरसफाईमा समस्या बढ्न सक्नेछ ।
, मजदुरहरु र स्थानीय बासिन्दाहरु वीच झै–झगडा हुन सक्नेछ ।
, वाह्रय कामदार तथा ब्यक्तिहरुको कारण स्थानिय सस्कृतीमाथि असर पर्न सक्नेछ ।

८ वातावरणीय प्रभाव बढोत्तरी, न्यूनीकरण तथा कम गर्ने उपायहरु
८.१ सकारात्मक प्रभाव बढाउने उपायहरु
आयोजनाबाट प्रभाबित बस्ती तथा घरधुरीहरुलाई लक्षित गरि दिईने आयमुलक तालिम तथा कृयाकलाप, ठेकेदार र कामदारका लागि विभिन्न वातावरणीय तथा जनचेतना मूलक तालिमहरु –आय आर्जन, इन्जिनियरिगं संरचनाको निर्माण तथा जैविक प्रविधिका सम्बन्धी तालिमहरु दिईनेछन् ।

८.२ नकारात्मकप्रभाव न्यूनिकरणका उपायहरु
आयोजनाको नकारात्मक असरहरु न्यूनिकरण गर्नका लागि विभिन्न व्यवहारिक तथा मितव्ययी उपायहरु सुझाव गरिएको छ । आयोजनाका प्रस्तावकले आयोजना निर्माण तथा सञ्चालनको अवधिमा यस्ता उपायहरु अवलम्बन गर्ने छन् । आयोजना निर्माण अवधिको क्रममा प्रस्तावकले निर्माण व्यवसायी मार्फत न्युनीकरणका उपायहरु लागू गर्नेेछ । अवलम्बन गरिने केही प्रमुख उपायहरु निम्नानुसार छन् ।
, नीजि सम्पत्तिको अधिग्रहण गर्दा उचित क्षतिपुर्ति दिइनेछ ।
, पेशागत स्वास्थ्य र सुरक्षाको सरोकारका लागि आवश्यक तयारी गरिने छ । कामदारहरुलाई हेल्मेट, पन्जा, बुट, सुरक्षात्मक पेटी, चस्मा, मास्क आदि प्रदान गरिने छ । निर्माण र भण्डारणस्थलमा अनाधिकृत प्रवेश र गतिविधि रोक्न खतराका संकेतहरु, छेकबार एवं पालेको व्यवस्था गरिने छ ।
, क्याम्प तथा निर्माण क्षेत्रमा अस्थाई चर्पीको व्यवस्था र पानीको स्रोतको ब्यबस्था गरिने छ ।
, सुरुङ्ग उत्खनन्बाट निस्केको माटोलाई निर्धारित स्थानमा टो वाल, रिटेनिङ्ग वाल, वृक्षारोपण र आवश्यकता अनुसार नालीहरु निर्माण गरी सही तरिकाले व्यवस्थापन गरिनेछ ।
, आयोजना निर्माणको क्रममा निस्कने घरेलु तथा निर्माणजन्य फोहोरमैलालाई नदीक्षेत्र बाट पर उपयुक्त स्थानमा र भाँडोमा संकलन गरिने छ र तिनको प्रकार अनुरुप व्यवस्थापन गरिनेछ ।
, निर्माण गतिविधिमा प्रयोग हुने तेल तथा अन्य रसायनिक पदार्थहरुलाई उपयुक्त स्थानमा ध्यानपुर्वक भण्डारण तथा उपयोग गरिने छ ।
, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण तथा तिनको संरक्षण सम्बन्धी सचेतना जगाउने सन्देश बोकेको होर्डिङ्ग बोर्डहरु राखिनेछ ।
, वन निर्देशिका अनुसार सरकारी वन तथा क्षेत्रमा क्षति भएका ४६९ रुखहरुको सट्टामा हरेक क्षति भएका रुख विरुवाका हकमा १ः२५ का दरले हुन आउने जम्मा ११,७२५ वटा बिरुवाहरू बृक्षारोपण  गरिने छ  र सरकारी वन क्षेत्र प्रयोग गरे वापत प्रति हेक्टर १६०० बिरुवाहरू बृक्षारोपण गर्नुपर्ने प्रावधान अनुरुप थप १३,८८८ गरि जम्मा २५,६१३ वटा बिरुवाहरू बृक्षारोपण  गर्न र उक्त बिरुवाहरू ५ बर्षसम्म हुर्काउनको लागि समेत गरी आवश्यक रकमआयोजनाले छुट्याएको छ ।
९.वातावरणीय तथा सामाजिकसुधार कार्यक्रम
स्थानीय जनसमुदायमा प्रत्यक्ष रुपमा विकासको अनुभूति गराउन आयोजना प्रस्तावकले आयोजना भित्र जैविक विविधता संरक्षण तथा प्रवर्धन कार्यक्रम, तटिय क्षेत्रमा विक्षारोपण कार्यक्रम, जलवायु परिर्वतन सम्बन्धी जनचेतना मूलक कार्यक्रम, ढल तथा फोहोरमैला ब्यवस्थापन सम्वन्धि कार्यक्रम, माछा संरक्षण सम्बन्धि कार्यक्रम, ईन्द्रावती नदिमा जलाशय निर्माण सम्वन्धि अध्ययन, महिला जनजाती तथा पिछडिएका समुदायको लागि विकास कार्यक्रम, माझी तथा दनुवार समुदायलक्षित सुधारका कार्यक्रम,स्थानिय विद्यालय तथा स्वास्थ्य सेवामा सहयोग, प्रविधिक शिक्षा सहयोग कार्यक्रम, खानेपानी ब्यवस्थापनमा सहयोग, दाहसस्कासका घाटहरुको ब्यवस्थित गर्न सहयोग, लिफ्ट÷सिंचाई तथा खानेपानीका योजनाको ब्यवस्थापनमा सहयोग लगाएत अन्य जनचेतना मुलक कार्यक्रमहरु संचालनमा ल्याउन सहयोग गर्नेछ । उक्त कार्यको लागि ने रु पाच करोड चालिस लाख (रु ५,४०,००,०००) छुट्याईएको छ ।

१०. वातावरणीय तथा सामाजिकब्यवस्थापन योजना
आयोजनाको असर, स्थिति, तिनका न्यूनिकरणका उपायहरु, अनुगमनको तरिका र समय तालिका समेटेर वातावरणीय व्यवस्थापन योजना तयार पारीएको छ । यसका साथै न्यूनिकरणका उपाय कार्यान्वयन र अनुगमनको जिम्मेवार निकायको पहिचान यस वातावरणीय ब्यवस्थापन योजनामा गरिएको छ । प्रस्तावित आयोजनाका भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरण अन्तर्गतका विभिन्न अनुगमनका सूचकहरु पनि पत्ता लगाइएका छन् । आयोजना निर्माणको अनुगमन सम्बन्धित निकायहरुले गर्नेछन् । यस आयोजनाको वातावरणीय व्यवस्थापनको लागी बिभिन्न शिर्षकहरु जस्तै वातवरणीय तथा सामाजिक सुधार कार्यक्रम, जलाधार क्षेत्रको ब्यवस्थापन, मुआब्जा वितरण, बातावरणीय अनुगमन आदी कार्यहरुको लागीअनुमानित ने.रु. बत्तीस करोड बाईस लाख छयालिस हजार आठ सय वाउन्न (रु. ३२,२२,४६,८५२)समावेश गरिएको छ जुन आयोजनाको जम्मा लागतको १.४८% हुन आउछ । 

११. गुनासो निदान संयन्त्र
आयोजनाको वातावरणीय र सामाजिक कार्यसम्पादनको सन्दर्भमा स्थानीय जनताको जनगुनासो सुन्न र तीनको उचित तथा समयानुकुल सम्बोधन गर्न यस वातावरणीयप्रभाव मूल्याङ्कन प्रतिवेदनमा चार तहको गुनासो निदान संयन्त्रको बारेमा औंल्याइएको छ ।

१२. निष्कर्ष
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालनको क्रममा देखिएका प्रभावहरु मुख्य गरि भौतिक, जैविक र सामाजिक आर्थिक तथा साँस्कृतिक वातावरण अन्तर्गतका धेरैजसो नकारात्मक असरहरु अल्पकालिन तथा निर्माणका समय मात्र देखिने खालका रहेका छन तर केही नकारात्मक प्रभावहरु दिर्घकालिन तथा लामो समय असर हुने खालका पनि देखिएका छन । अल्पकालिन तथा निर्माणका समय मात्र देखिने खालका असरहरुलाई सजिलै संग न्यूनिकरण गर्न सकिन्छ । दिर्घकालिन तथा लामो समयसम्म असर हुने खालका प्रभावहरुलाई वातावरण ब्यवस्थापन योजनामा समावेश गरीएका न्युनिकरणका उपायहरुलाई प्रभावकारी रुपमा अवलम्वन गरी न्युनिकरण गर्न सकिन्छ ।





, , , ,