गर्भवती र सुत्केरीलाई कुखुरा सहित पोषिलो खाना


रुपक पुरी
लोकप्रिय समाचार
एकातिर सन्तान पैदा भएको खुसि । अर्काेतर्फ पोषिलो खाना उपहार पनि । सिन्धुपाल्चोकको स्थानीय निकायले सुरक्षित सुत्केरीलाई प्रोत्साहन गर्न सुत्केरीलाई पोषिलो खाना उपहार दिन थालेका छन् ।

स्थानिय निकायले विभिन्न नयाँ कार्यक्रमसँगै स्वास्थ्य सँस्थामै सुत्केरी हुने  वातावरण मिलाएको छ । नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य सँस्थामा सुत्केरी हुनेले प्रोत्साहन स्वरुप नगद पाउने गरेका छन् । बलेफी गाउँपालिका ७ का वडा अध्यक्ष कार्केल लामा गर्भवती तथा सुत्केरीको घरमा कुखुराको भालेसहित पोषिलो खाना उपहार लियर भेट्न पुग्नुहुन्छ ।
यसको लागि वडाले ५० हजार बजेट छुट्टयाएको वडा अध्यक्ष लामाले  बताउनुभयो ।बाह्रबिसे नगरपालिका, पाँचपोखरी र हेलम्वु गाउँपालिकाले सुत्केरी हुनेलाई निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । वडा कार्यालयले नयाँ नयाँ  कार्यक्रम सुरु गरेर गर्भवतीलाई स्वास्थ संस्थासम्म आउने वातावरण बनाइरहेको टुकी  सँघ सुनकोशीले सञ्चालन गरेको  सुआहारा कार्यक्रमको फिल्ड सुपरभाइजर कृतिका कार्कीले बताउनुभयो ।
सुआहाराले सिन्धुपाल्चोक सहित ४२ जिल्लामा गर्भवती र सुत्केरी  अर्थात् १००० दिनका आमा र बच्चाको पोषणमा सहयोग गर्दै आएको पनि कार्कीले बताउनुभयो ।


, ,