इन्द्रावती पनि खुल्ला दिसामुक्त


रुपक  पुरी
लोकप्रिय समाचार
एक घर एक चर्पी पुर्ण भयो हाम्रो अभियान, स्वच्छ सफा र सुन्दर इन्द्रावती गाउँपालिकाको पहिचान भन्ने मूल नाराका साथ इन्द्रावती गाउँपालिकालाई खुल्ला  दिसामुक्त  घोषणा गरिएको छ ।
१२ स्थानीय निकामध्य इन्द्रावती खुल्ला दिसामुक्त घोषणा गर्नेमा  साताँैमा परेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले घोषणा सभालाई सम्बोधन गर्दै सबैले मानसिकतालाई स्वच्छ नबनाए सम्म खुल्ला दिसामुक्त परिकल्पनामा मात्रै  सिमित हुने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख वंशलाल तामाङले २५ हजार ५ सय १७ जनसंख्या रहेको गाउँपालिकाको १२ वडाका प्रत्येक घरमा चर्पी बनेपछि खुल्ला दिसामुक्त घोषणा गरिएको बताउनुभयो ।

, ,