१४ सय ४८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


रुपक पुरी
लोकप्रिय समाचार
इन्द्रावति गाउँपालिकाको २१ आधारभुत विद्यालयका १४ सय ४८ विद्यार्थिलाइ सैक्षिक  सामग्री वितरण  गरिएको  छ ।

सुनौलो नेपाल र चाइना फाण्न्डेसनले विद्यार्थीहरुलाई झोला र कापि ,कलम वितरण गरेको गाउँपालिका अध्यक्ष  वँशलाल तामाङले वताउनुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसि लागेको चाइना फाउन्डेसनको कोपिला ढकालले वताउनुभयो । सुनौलो नेपालका अध्यक्ष  राकेश  हमालले यो सानो सुरुवात भएको वताउदै आगामि दिनमा पनि यसलाई  निरन्तरता दिने प्रतिवद्दता जनाउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष  जीवन थापामगर , १२ का कमलरत्न दनुवार , सुनौलो नेपालका प्रतिनिधि केपि ढकाल लगायतको सहभागिता रहेको थियो ।

, , , ,