जिल्ला वन कार्यालय सि.पा.को पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
लोकप्रिय समाचार
जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा रहेका वन अधिकृतहरुलाई पाँच दिने तालिम दिएको छ । जिपीएस र जिआइएस सम्बन्धी दिएको तालिममा जिल्लाका १३ जना अधिकृतहरुको सहभागीता रहेको थियो । पूर्व वन अधिकृत डा. रामेश्वर मण्डलले दिनुभएको प्रशिक्षण तालिममा ३ महिला र दस पुरुष सहभागी रहनु भएको थियो ।
उहाँले यो तालिम प्राप्त गरेका व्यक्तिले वनको क्षेत्र फल सहज तरिकाबाट नाप्न सकिने, वनको जग्गा कति छ भनेर तत्काल एकीन गर्न सकिने, वन क्षेत्रमा रहेको रुख बिरुवा कति छन् भन्ने विषयमा तत्काल गणना गर्न सकिने र आफु कुन ठाँउबाट कहाँ जानुपर्ने हो त्यस ठाउँको समेत सजिलै पहिचान गरेर जान सकिने जस्ता महत्वपूर्ण विषयमा तालिम दिइएको थियो । यो तालिमबाट वन क्षेत्र कसरी अतिक्रमण भएको छ, कुन कुन क्षेत्रमा केके छ, वनमा कति काठदाउरा रहेका छन्। यी सबै विषयहरु पत्ता लगाई विवरण तयार गर्न सहज हुने भएकाले यो तालिम अति महत्वपूर्ण भएको बताउनु भएको थियो । जिल्ला वन सहायक अधिकृत तुलाराम घिमिरेले सञ्चालन गर्नु भएको उक्त समापन समारोहमा सहभागीहरुले आगामी दिनमा पनि यस्ता तालीमको अवसर जुटाइ दिनुहुन अनुरोध गर्नु भएको थियो ।