कराँतेको बाह्रबिसे नगरमा दिपेन्द्र


लोकप्रिय समाचार
नेपाल कराँते संघ बाह्रबिसे नगर स्तरीय कार्य समिति गठन गरिएको छ। दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सोनाम तामाङ, महासचिवमा नवराज तामाङ र कोषाध्यक्षमा गंगा श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अमृत लामा, मोहनकुमार गलेजु, अमन श्रेष्ठ, मणि श्रेष्ठ, सरोज श्रेष्ठ, सन्तोष श्रेष्ठ, ङिमा नामगेल तामाङ, जय तामाङ र सुदिप श्रेष्ठ रहेका  छन् ।
त्यस्तै सल्लाहकारमा नेपाल कराँते महासंघका सदस्य मिङमा तामाङ, नेपाल कराँते महासंघका महासचिव श्याम शेर्पा, राम श्रेष्ठ, प्रकाश श्रेष्ठ (योङ्ग स्पोर्टस क्लब), रामबहादुर श्रेष्ठ, इन्द्रजित तिमल्सिना,  युद्ध विक्रम तामाङ, अनिल तामाङ र दिनेश श्रेष्ठ रहेको नवगठित समितिले जनाएको छ।बाह्रबिसे नगरपालिकाका कराँते प्रशिक्षक लालबहादुर तामाङले बिहान, बेलुका दैनिक रुपमा ४० देखि ४५ खेलाडीहरुलाई बाह्रबिसे नगरपालिकाद्वारा निर्मित कभर्ड हलमा प्रशिक्षण गराइ रहेका छन् ।
यस खेललाई बाह्रबिसे न.पा. भित्र रहेका प्रतिभालाई प्रस्फुटन तथा यस कराँते खेललाई प्रवद्र्धन गर्न र राम्रा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेलकुद विकासमा सहयोग पु¥याउने उद्धेश्यका साथ समिति गठन गरिएको अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

, ,