जिल्ला बालकल्याण समिती हस्तानन्तरण

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला बाल कल्याण समिती स्थानीय सरकारलाई हस्तानन्तरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितीका अध्यक्ष  गोमादेवी चोम्जोङ्गको अध्यक्षतामा बैठक बसी नँया निर्देशिका अनुसार जिल्ला बालकल्याण समितीको पदभार समेत बाल कल्याण समितमिा रहेका भौतिक जिन्सी तथा नगद स्थानीय सरकारलाई हस्तानन्तरण गर्नुभयो।

हस्तानन्तरण गर्नु अघि बसेको बैठकलाई सम्बोधन गर्दै चोमजोङ्गले बिगत लामो समय देखि बालबालिकाको हकहित र संरक्षणका लागी काम गरिरहेका जिल्ला तथा जिल्ला बाहिर रहेर काम गर्नुहुने सबै संघसस्ंथा तथा महानुभावहरुमा विशेष धन्यवाद दिँदै आगामी दिनमा अझ  सक्रियताका साथ बालकल्याण समितीलाई सहयोग गरेर अगाडी बढ्न सबैमा अनुरोध गर्नुभयो ।
एक समारोहका बिच बालकल्याण समितीका सम्पत्तिहरु हस्तानन्तरण गर्नुभयो । बाल कल्याण समितीका सम्पत्ति बुझ्दै चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ता सहित १२वटै तहका जनप्रतिनिधी साथीहरुसँग बसेर कार्यसमितीलाई पुर्णता दिने र आगामी दिनमा अझबढी जिम्मेवारी थपिएको बताउँदै आफुलाई जनताले यस्ता किसिमका सामाजिक विकास तथा जनताको काम गर्न भारी बोकाउन पठाएकोले यो भारी पनी बोकेको बताउनु भयो ।
जिल्ला बालकल्याण समितीमा रहेको सत्र लाख अठहत्तर हजार पैतालिस रुपैयाँ पच्चीस पैसा कृषि विकास बैङ्कमा रहेको नगदको चेकबुक र नेपाल बैङ्क लि.मा रहेको दुई लाख सत्ताइस हजार आठ सय बाउन्न रुपैयाँ सन्तावन्न पैसा गरि जम्मा बिस लाख पाँच हजार आठ सय  सन्तानब्बे रुपैयाँ बयासी पैसा नगद रहेको चेक र जग्गाको पुर्जा र फिल्ड ट्रेडिङ्ग हल रहेको भवन सहित हस्तानन्तरण गर्न भएको हो ।
बैठकमा पदेन सदस्यहरु जिल्ला प्रहरी कार्यालयका  प्रहरी उपरिक्षक मुकुन्द मरासिनी, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज जोशी, शिक्षा विकास तथा समन्वय इकाइका  वि.नी गणेश पुरी, जिल्ला सरकारी कार्यलयका कुस्माखर सापकोटा ललित राना, सोम सापकोटा र आमन्त्रीतमा जिल्ला समन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङ्ग चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्ग, वडानं १३ का वडाअध्यक्ष रामप्रसाद गौतम  सल्लाहकार चन्द्र प्रसाद सापकोटा संञ्चारकर्मी नेत्रबहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

,