अस्तव्यस्त हेलम्बु मेलम्ची सडक

मेलम्ची संवाददाता
सिन्धुपाल्चोक जिल्ला हेलम्बु मेलम्ची सडकखण्ड वर्षातको कारण अस्तव्यस्त भएको छ । मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी, र इन्द्रावती गाँउपालिकामा यात्रा गर्न बाटो बिग्रिएसँगै यात्रा गर्ने सयौँ यात्रुहरुलाई असहज भएको हो । त्यसो त सडक बिग्रिएको र ठाँउठाँउमा भिमकाय पहिरोको कारण काठमाण्डोैँबाट बिहान हिँडेको यात्रु बेलुका घर पुग्न मुस्किल भएको मेलम्चीका स्थानीय पुस्कर धिताल बताउनुहुन्छ ।
अझ पहिरो र खराब बाटोको कारण समयमै बिरामी अस्पताल पु¥याउन नसकिने अवस्था रहेको छ । विगत दुई वर्ष देखि सडक कालोपत्रे गर्न ठेकेदारले सडकको माथिल्लोे भाग मात्र कटिङ गरेर सडक निर्माणको काम आलटाल गर्दा दैनिक आवतजावतमा असहज भएको छ ।
ठेकेदारले आफ्नो सजिलो, फाइदा र रकम चाँडो निकासीको लागी एकतर्फी मात्र कटिङ गर्दा ठुलाठुला पहिरो गएको छ । यस हेलम्बु मेलम्ची सडकखण्ड केहि वर्ष अगाडी पनि कालोपत्रे भएको थियो । दैनिक १०० भन्दा माथि ट्रिपर र मालबाहक गाडी गुड्दा गुणस्तरहिन कालोपत्रे १ वर्ष पनि टिक्न सकेन ।
२०४२ सालतिर मोटर हिँडेको बाटो देशको राजधानी काठमाण्डाँैबाट नजिक हुँदा पनि अहिले सम्म स्तरोन्नति नहुनु भनेको विकासमा केही पनि फड्को नमार्नु हो । स्थानीय शिक्षक विष्णु घोरासैैनी भन्नुहुन्छ । स्थानीय चाडपर्व, तिज, जनैपुर्णिमा नजिकिदै गर्दा पनि बाटो असहज हुँदा र कसैकोे चासो नदेखिएको कारण चाडपर्वहरु समेत खल्लो हुने होकी रमिता माझीले बताउनुभयो ।

,