करेन्ट लाग्दा १ को मृत्यु , १ घाइते


लोकप्रिय समाचार
खम्बावाट छुट्टिएको तार जोड्ने क्रममा  सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकाको घुम्थाङमा १ जनाको करेन्ट  लागेर घटनास्थलमै  मृत्यु  भएको  छ भने १ जना सख्त  घाइते  भएका छन् ।
चुड्डिएको लाइन खम्बा  चढेर  जोड्ने क्रममा  वलेफि गाउँपालिका (३ धुस्कोटका नरवहादुर तामाङको घटनास्थलमै  मृत्यु भएको  हो । धुस्कोटकै घाइते  निरवहादुर तामाङलाई हेलिकप्टरवाट उद्दार गरि टिचिङ अस्पताल लगिएको  प्रहरीले  जनाएको  छ ।
विधुत प्राधिकरणले लाइन  अफ नगरि गरेको भनी हेलचेक्राइ गर्दा घटना भएको  भन्दै  स्थानीय  आक्रोसित भएका छन् । नेपाल विधुत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख नानिबावु थापाले भने प्राधिकरणको कुनै  गल्ति नभएको  वताउनु भएको  छ ।


,