लामखुट्टेका कारण रोगी बढे


लोकप्रिय समाचार 
लामखुट्टेको टोकइबाट लाग्ने डेंगुरोगबाट देशभरका १५३७ जना बिरामी  परेका छन् ।  लामखुट्टेको टोकाइबाट मकवानपुर र चितवनमा सबैभन्दा धेरै डेंगुरोग संक्रमित छन् । मकवानपुरका २९६ र चितवनका २२४ जना डेंगुबाट संक्रमित भएको समाचार प्राप्त भएको छ । छिमेकी जिल्ला  काभ्रे, भक्तपुर, ललितपुर र सिन्धुलीमा भने १÷१ जना डेंगुका बिरामी भेटिएको समचार प्राप्त भएको छ। केही महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा देशै भरी यो रोगको प्रकोप बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार ३ महिना अघि यहाँ डेंगु देखापरे पनि नियन्त्रणमा आउन सकेको छैन ।डेंगुको संक्रमणबाट हालसम्म कम्तिमा ३ जनाको ज्यान गइसकेको छ । डेंगु संक्रमित दरमा आएको वृद्धि र मृत्युका घटनापछि सरोकारवालाहरूले थप नोक्सानी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । संक्रमण घट्नुको साटो बढ्दै गएपछि नियन्त्रण प्रयास फितलो भएको भन्दै आलोचना भइरहेको छ ।


, ,