जिल्ला बारले मनायो २९ औं साधारण सभा


लोकप्रियसमचार नेपाल बार एशोसिएसन, सिन्धुपाल्चोक जिल्ला अदालत बार ईकाईको २९ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ ।


जिल्ला न्यायाधिस टिकाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाले बारले गत वर्ष सम्पादन गरेको प्रगति प्रतिवेदन पास गरेको छ ।
सभामा सचिव भूपेन्द्र थिङले पेश गर्नु भएको भावि निति तथा कार्यक्रम र कोषाध्यक्ष सुनिता तामाङले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन समेत केही सुझास सहित सर्बसम्बत पास गरेका छ । बारले गत वर्षमा १० लाख ३ हजार ६ सय २७ रुपिंयाको आम्दानी र ८७ हजार ६५ रुपिंया खर्च गरेको कोषध्यक्षको प्रतिवेदनमा उल्लेख छ । बारले गाउँपालिका स्तरमा कनूनी शिक्षा संचालन, नागरिक आन्दोलनको अगुवाई र न्यायका उपभोक्तालाई सहज र सुलभ सेवा प्रदान गर्ने समेत भावि कार्यममा समाबेश गरिएको छ ।
सभामा जिल्ला न्यायाधिस टिकाराम आचार्य, जिल्ला अदालतका स्रेस्तेदार लेखनाथ पौड्याल, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना, जिल्ला बारका पूर्व अध्यक्षहरु श्यामबहादुर श्रेष्ठ, मकरबहादुर उदास र पुण्यप्रसाद खनालले मन्तव्य राख्नु भएको थियो । सभालाई सम्बोधन गर्दै जिल्ला न्यायाधिस टिकाराम आचार्यले बार र बेन्च एक रथका दुई पाङ्ग्रा भएकाले न्यायका उपभोक्तालाई मिलेर सेवा दिनु पर्ने बताउनु भयो ।  बारका सदस्यहरु ( वकिलहरु) नागरिक समाजका अगूवा हुनाले सामाजिक समस्याको समाधानको लागि सकारात्मक भूमिका निर्माह गर्दै जानु पर्ने धारण उहाँको थियो  । जिल्लामा बार र बेन्चको सम्बन्ध सुमधुर रहेकाले यसलाई निरन्तर दिनु पर्ने उहाँको भनाई थियो । सभामा  जिल्ला बार ईकाईका उपाध्यक्ष सिताराम घिमिरे (अमित) ले स्वागत मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष   भेषराम ढकालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

, , ,