भाद्र२० सिन्धुपाल्चोक खुल्लादिसामुक्त घोषणा हुने


लोकप्रियसमचार २०७२सालमा हुन नसकेको खुल्ला दिसामुक्त सिन्धुपाल्चोक २०७६ भाूमा हुने भएको छ । आब  २०७१,७२को अन्तीममा हुन लागेको घोयाणा  कार्यक्रम भुकमप गए पछी रोकीएको थियो । करिब ९५प्रतिशत शौचालय निर्माण भइ प्रयोगमा आइ सकेको र बाँकी ५ प्रतिशत पनी निर्माणधिन रहेकाले घोषणा हुन तैयारी भइ सकेको अबस्थामा रोकीए पछी  पुन ः
भदौ २० गते जिल्लालाइ खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न लागीएको हो । यसका लागी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङ्ग संयोजक रहनु भएको जिल्ला खानेपानी तथा सरसफाइ सम्मन्वय समिती लागी परेको छ ।  सबैको नजर पर्ने  महत्वपुर्ण स्थान बन्देउमा समेत सार्बजनकि शौचालय नहुँदा  त्यँहा सार्बजनीक शौचालय निर्माण गर्न चौतारासाँगाचोकगढी नगरपालीका लागी परेको छ । यस कार्यलाइ पहिलो प्राथमिकतामा राखेर नगरपालीकाका सबै आबश्यक स्थानमा सार्बजनकि शौचालय निर्माण गर्न  लागेको  र नगरका निर्माण गर्न बाँकी  सबैको आबसमा शौचालयको ब्यबस्था गर्न अनुरोध गरिएको नगर प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ । उँहाले अनुगमन गर्दा अतीआबश्यक देखीने सार्बजनकि स्थलमा नगरले र निजी आबसमा घरधनीले शौचालय निर्माण गर्ने कार्य तिब्र रुपमा भइरहेकोले भदौ १८गते  भित्र नगरलाइ खुल्ला दिसामुक्त घोषणा गरिने  बताउँनु भएको छ। भाद्र २० गते जिल्लालाइ खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नका लागी  हाल सम्म   ३नगरपालीका र ९ गाँउपालीका गरि १२वटा पालीका रहेको  सिन्धुपाल्चोक जिल्लामा मेलम्ची र बाह्रविसे नगरपालिका गरी ३ नगरालीका मध्य २वटा घोषणा भइ सकेको छ भने  बलेफी त्रिपुरासुन्दरी, भोटेकोशी र पाँचपोखरी थाङपाल लिसंखुपाखर, सुनकोशी, इन्द्रावती ७ गाँउपालीकाहरु गरी जम्मा ९वटा पालीकाहरुमा खुला दिसामुक्त घोषीत भइसकेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनु भयो ।  चौतारा नगरपालिका,जुगल गाउँपालिका र हेलम्बु गाउँपालिका मात्रै खुला दिसामुक्त हुन बाँकी रहेको छ । यी ३ पालीकालाइ पनी तत्काल घोषणा गरेर २०गतेको तैयारीमा लाग्ने योजना रहेको समेत तामाङ्गले बताउँनु भयो ।


, , ,