श्री हरि बाल आश्रम को क्याम्पसमा अन्तर क्रिया

लोकप्रिय समचार अनाथ बालबालिका र ७० बर्ष भन्दा माथिका असाय जेष्ठ नागरिकहरुलाई उद्धार  र  शिक्षा तथा आबश्यक सहयोग गर्ने उदेश्यले स्थापित  श्री हरि बाल आश्रमले राजधानीमा एक अन्तर क्रिया कार्यक्रम गरेको छ ।


अन्तर क्रिया कार्यक्रममा  २०७६  मा   स्थापना भएको सस्ंथाले  चौतारा सागाँचोकगढि नगरपालिका बालबालिकाहरुलाई  शौक्षिक रुपमा सस्ंकृत भाषालाई औपचारिक रुपमा पढ्न र बोल्न सक्ने बनाउने मुख्य उद्धेस्य रहेको संस्थाका अध्यक्ष पुन्य प्रसाद दाहालले बताउँनु भएको छ ।  उँहाका अनुसार हाल  सस्थामा  ३६ जना अनाथ बालबालिका लाइ सहयोग गरिरहेको र आगामि ३ बर्ष भित्र १५० छात्रछात्रा र ५० जना बृदाहरुलाइ  सहयोग  पुराउने उदेश्य रहेको उँहाले बताउँनु भयो ।  कार्यक्रममा आफनो भनाइ राख्दै  प्रमुख अतिथी स्वामी    पञ्च सिलले मानिसको जन्म भएपछि १०० बर्षको आयु मानिन्छ तर मानिसको खानपानको कारणले गर्दा छिटै मृत्यु हुने गर्छ । हामिले बालबालिकाको हकहितलाई कसरि पालना गर्न भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यसैगरि जापानमा पनि बालबालिका र बृद्धहरु एउटै आश्रममा राखेर बालबालिकाले बृद्धको र बृद्धहरुले बालबालिकाको सेवा गर्छन् ।
यो पक्षलाई नेपालमा लागु गरेमा सकरात्मक काम हुन्छ  भन्नु भयो । उँहाले बलबालिकाको क्षेत्रमा काम गर्ने थुप्रै सस्था हराएर गएका छन् तर यो सस्थालाई नहराउने गरि अगाडि बढाउनु पर्छ  भन्नु भयो  बालबालिकाले बृदाहरुलाई अभिभाबक र बृदाहरुले सन्तानका रुपमा मायाँ पाउँछन् । यो कार्यक्रम राज्यबाट सञ्चालन भएको भए राम्रो हुन्थ्यो  भन्नु हुदै  संस्कृत भनेको जिवन पदति हो । जिउनको लागि संकार दिइन्छ आफुभन्दा ठुलालाई मायाँ ममता गर्न सिकाउछ । मातृदेव भब भनेजस्तै मातालाई देवता भन्न सिकाउछ बालबालिकालाई सानै उमेरदेखि संकार सिकाएमा बुढेसकालमा बृदा आश्रम धाउनु पदैन  भन्नु भयो । मानिस  आफैमा  चेतनसिल हुनुपर्छ आफ्नो लागि ९० प्रतिशत काम गरेपनि समाजसेवामा १० प्रतिशत काम गर्नुपर्छ । मानिसले नकरात्मक सोच होइन समरात्मक सोच लिएर अगाडि बढ्नुपर्छ ।  कार्यक्रममा उँहाले भन्नु भयो । कार्यक्रममा पुर्ब सचिब पुन्य प्रसाद न्यौपाने  डा राम प्रसाद धिताल, गौरी प्रधान, इन्जीनीयर बेशब प्रसाद पोख्रेल भरतमणी रिसाल लगाएतले यो सस्ंथाको आबश्यकतामाथी प्रकास पार्दै सहयोग निरन्तरमा जोड दिनु भएको थियो । सस्थाका अध्यक्ष डा पुन्य प्रसाद दङ्गालको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन भने ज्योतीषी अच्युत प्रसाद पौडेलले गर्नू भएको थियो भने पण्डीत ताराचन्द्र न्यौपानेले स्वागत  मन्तब्य  राख्नु भएको थियो । कार्यक्रम शनीबार     मिनभवन क्याम्पसमा भएको थियो । 
                                               

, , ,