संस्कृत शिक्षाको महत्व एक चर्चा


डा. स्वामी परङ्कुश प्रपन्नाचार्य (डा. पुण्य प्रसाद दङ्गाल)

(यो पटक सर्वसाधारणले बुझ्नेगरी संस्कृत भाषाको महत्व लेख्ने प्रयास गरेको छु । यदि पाठकको इच्छा तीव्र भयो भने दोस्रो लेखमा गहन चिन्तन मननका साथ संस्कृत वाङ्मयलाई प्रष्ट पार्नेछु – लेखक)
हामी सबै बौद्धिक सनातनी हिन्दू वर्गमा पर्दछौं । किनभने बालक जन्मनासाथ बाबु अथवा हजुरबा ज्योतिषी अथवा पुरोहितको सम्पर्कमा पुग्ने चलन यथावतै छ । पुरोहित, पण्डित अथवा ज्योतिषीले यो बालकको पुग्ने नामराशी राम्रो नराम्रो अभिभावकको मनोभावना अनुसार बताइदिन्छन् । मूलनक्षत्र वा अश्लेषा नक्षत्रमा जन्मेको भए त्यस्तै प्रकारले स्वस्ति शान्तिको उपाय बताइदिन्छन् ।
भातख्वाई अथवा अन्न प्राशन गर्नुपर्दा पनि तिनै समाजमा उपलब्ध पण्डित पुरोहित अथवा ज्योतिषकहाँ पुग्छन् । यस्ता सोडषोपचारका प्रसस्तै उदाहरणहरू छन् । तर पण्डित पुरोहित र ज्योतिषहरूमा संस्कृत व्याकरण र जयोतिषशास्त्रको पूर्ण ज्ञान नभएको कारणले परम्परागत शुगारटाइबाट काम चल्दै आएको छ ।
“पितर ः वाक्यमिच्छन्ति, भावमिच्छन्ति देवता” पितृहरू शुद्ध वाक्यहरू अथवा वचन चाहन्छन् भने देवताहरू भक्तिभाव चाहन्छन् । पितृहरूको लागि संस्कृतको शुद्धवाक्य अथवा शुद्ध वचन भएन भने फर्केर आफ्नै लोकमा (पितृलोकमा) जान्छन् । देवतालाई भाव अथवा भक्ति मात्र भएपनि खुशी हुन्छन् भनिएको छ । पितृहरू कट्टर हुन्छन् । डा. बाबुराम रिजालको भनाई हो यो । पितृहरू आफ्नो अपत्यहरूबाट तर्पण र पिण्डको आशामा दिनभरि पर्खेर बस्छन् । तर्पण पिण्ड केही पनि भएन भने आफै सन्ततिको रगत चुसेर फर्कन्छन् भनी डा. बाबुराम रिजाल भन्नुहुन्छ । पितृहरूको श्राद्ध गर्दा ज्यादै शुद्धसित एकछाक खाएर शुद्धवस्त्र धारण गरेर कार्य गर्नुपर्दछ । यजमान र पुरोहित दुवै शुद्ध हुनुपर्दछ । नत्र कर्य निस्फल हुन्छ भनिएको छ ।
(डा. बाबुराम रिजालले कर्मकाण्ड विषयमा विद्यावारिधि गर्नुभएको छ)
त्यसै पुराणवाचक पण्डितले संस्कृतमा लेखिएका पुराण उपनिषद, उपपुराणहरू सस्वरा मधुर लयवद्ध, पदविच्छेद गरी संस्कृत व्याकरण अनुसार सन्धिविच्छेद सुवन्त प्रकरण, तिगन्त प्रकरण, कृदन्त प्रकरण, णिजन्त सनन्त, यगन्त, यङ्लुगन्त, नामधातु, समास, कारक, स्त्रीप्रत्य सबैको ज्ञान हासिल गरिसकेको हुनुपर्दछ । नत्र जुन उद्देश्यले पुराण वाचन गरिएको हो त्यसको फल उल्टा हुनजान्छ र वाञ्छित फलै मिल्दैन भनेर भाष्काराचार्यले भन्नुभएको छ । अठार पुराणहरू सबै संस्कृत भाषामा नै महामहर्षि वेदव्यासले गद्य र पद्यको लयमा लेख्नुभएको कुरा सबैलाई थाहा छ । आध्यात्म रामायण वेदव्यासले लेख्नुभएको छ भने वाल्मिकी रामायण वाल्मिकी ऋषिले लेख्नुभएको हुनाले रामायणलाई आर्षग्रन्थ भनिन्छ । महाभारत पनि महर्षि वेदव्यासले नै लेख्नुभएको हो । श्रीमद् भागवत गीता भिख्मपर्वको अन्तरगत पर्दछ । शुरुमा महाभारत २४,००० श्लोकको मात्र थियो । केही सताब्दिपछि यो महाभारत ६४,००० श्लोकको हुनपुग्यो । महर्षि वेदव्यासले लेखेको महाभारत अहिले ९२,००० श्लोकको भएको हुनाले एक लाख श्लोकको भनिएको हो । मार्कण्य पुरानभित्र सपृसति चण्डि छ । यी सबै संस्कृत भाषामा नै लेखिएका छन् । संस्कृत व्याकरण, संस्कृत साहित्य पुराण नपढेका पण्डितलाई पुराण वाचन गर्ने कुनै अधिकार हुँदैन । अर्थको अनर्थ र चाहिंदा नचाहिंदा व्याख्या गरेको खण्डमा देवता पितृ मनुष्यपितृ, ब्रहमर्षिहरू सबै रिसाराग फर्कन्छन् र भूत, प्रेत, पिशाच, निशाचर आदिले मात्र तमासा हेरेर बस्तछन् भनेर श्वामी पुण्यानन्द गिरि महाराज भन्नुहुन्छ ।
यस्तै प्रकारले त्योतिषीले पनि संस्कृत व्याकरणको अध्ययन नगरीकन चिना, रिपन बनाउनु, मानिसको भाग्यको विषयमा भूत भविष्य, वर्तमानको व्याख्या गर्नु अथवा भविष्य बताउनु शास्त्रको वास्तविक मर्म नै नबुझी परम्परागत काम चलाउनु मात्र हो । शास्त्रले जुन बताएको कुरा छ टीकाको भरमा मात्र झारा तिर्नु हुँदैन । शुद्ध जन्मपति, शुद्ध टिपन, शुद्ध साइत, शुद्ध माउर आदि रचना संस्कृत भाषामा नै गर्न पर्दछ । त्यसकारण पण्डित, पुरोहित, त्योतिषी एवं सर्वसाधारणले पनि कमसेकम संस्कृत भाषा सिक्नै पर्दछ । हामीहरू सबै बैद्धिक सनातनी हिन्दूधर्मालम्बी नै हौं । हाम्रो षोडषकर्म संसारभरिमा उच्च छ । हाम्रो जस्तो शुद्ध आचरण संसारमा कहीं कतै पाईंदैन । त्यसैले हिजोआज पश्चिमी देशका मानिसहरू कोही स्कोनको माध्यमबाट कोही सनातन हिन्दूको माध्यमबाट पूर्वीय दर्शनलाई अवलम्वन गरी हामीपट्टि फर्केर आएका छन् । हामीले दलित, जनजाति भनेको हुनाले केही क्रिश्चियन धर्ममा लागेका हुन् । कसैलाई पनि भेदभाव नगरिकन संस्कृत अध्यापन गएर टुहुरा अनाथ असहाय सबैको रक्षा ग¥यौं भने हाम्रो बैद्धिक सनातन हिन्दू धर्ममा आँच आउन सक्दैन । स्वधर्म निधन श्रेयो परधर्म भयावह । गीतामा लेखिएको छ । संस्कृत वाङ्मयलाई आफैले पढ्न, लेख्न र बोलीचालीको भाषामा रुपान्तर गर्न सके संस्कृत भाषामा बोलचाल गर्ने मानिस साच्चिनै सिंहजस्तो हुन्छ । संस्कृत व्याकरण पढ्ने र पढाउने मानिस त नृसिंह जस्तै हुन्छ । उदाहरणको लागि ः समाधिस्त डा. स्वामी रामानन्द गिरि समाधिस्त योगी राज नरहरिनाथ, समाधिस्त डा. स्वामी प्रपन्नाचार्य महाराज, महामण्डेश्वर स्वामी पुण्यानन्द गिरि महाराज, १००८ स्वामी भागवताचार्य । उहाँहरू सबै संस्कृत वाङ्मयबाट ख्याति प्राप्त महापुरूष भएका हुन् । अंग्रेजी, फ्रेन्च, जापनिज, चाइनिज, हिन्दी, कोरियन आदि हाम्रो मौलिक भाषा नभएर भौतिक जीवन बिताउने काम चलाऊ भाषा मात्र हुन् ।
संस्कृत भाषाबाट आध्यात्म ज्ञान प्राप्त हुन्छ । त्यसैले जर्मनीमा ५ वटा संस्कृत विश्वविद्यालयहरू छन् भने बेलायतमा २ वटा संस्कृत विश्वविद्यालय भए । अमेरिका एउटा संस्कृत विश्वविद्यालय स्थापना भएर अध्यापन हुन थालेको छ । भारतमा अनगिन्ती संस्कृत पढाइ हुने स्कुल, कलेज र विश्वविद्यालयहरू छन् भने नेपालमा नेपाल संस्कृत विश्व विद्यालय एकमात्र छ । त्रिभुवन विद्यालयमा संस्कृत पढाइ हुने एकमात्र विभाग छ ।
क्रमशः
स्वामी १००८ पुण्यानन्द गिरि महापण्डलेश्वर हुनुहुन्छ, श्रीमद्भागवतको प्रखर वाचक पनि हुनुहुन्छ । श्री १००८ स्वामी भागवताचार्यको मातातीर्थको बैकुण्ठधाम छ ।)

, ,