गर्भवती र सुत्केरीलाई निशुल्क हवाई सेवा


रुपक  पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको पाँचपोखरि थाङपाल, हेलम्बु र जुगल गाउपालिकाको गर्भवती तथा सुत्केरी  महिलालाई निशुल्क हवाई  सेवा दिइने भएको छ । विकट गाउँपालिकाको गर्भवती र सुत्केरीलाई लक्षित गरि यस्तो  ब्यवस्था गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम  अन्तर्गत दुर्गम  क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाका लागि हवाई उद्दार सम्वन्धि कार्य्विधि २०५७ मा ब्यवस्था भएअनुरुप पुर्णरुपमा निशुल्क हवाई  उद्दार सेवा कार्यक्रम  सञ्चालन  भएको  हो ।
लगातार लामो प्रशव वेथा लागि  बच्चा  जन्माउन कठिनाई  भएको , गर्भमा वच्चाको मृत्यु  भएको , गर्भवती  अवस्थामा  अत्यधिक शरीर सुन्निएको , सुत्केरी  पश्चात् अत्यधिक रक्तस्राव भएको  अवस्थामा  पुर्ण रूपमा निशुल्क हवाई  सेवा मार्फत उद्दार गरिने भएको  छ ।
 ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री  युवराज दुलालले पाँचपोखरि, हेलम्वु र जुगल गाउपालिकामा सरकारको यो निर्णयले रक्त  अल्पता भएका गर्भवती , स्थानीय  स्वास्थ्य  सेवाबाट उपचार  हुन नसकेका सुत्केरी  तथा गर्भवति महिलालाई अब सहजै  रूपमा  निशुल्क हवाई सेवाबाट  उद्दार गर्न  सकिने वताउनुभयो ।

, , ,