बाह्र्बिसेनगरपालीकाला खुल्ला दिशामुक्त घोषणा ३० गते बिदा
लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्लालाइ यही भदौ २०गते खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । यसै सन्धर्भमा बुधबार एक समारोहका बिच बाह्र्बिसे नगरपालीकालाइ खुल्ला दिशामुक्त घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बुधबार बाह्रविसे नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषण गर्नु भयो ।
बुधबार बसेको बाह्रविसे नगरपालिकाको कार्यपालिका बैठकले जनैपूर्णिमा दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले भोली जनैपूर्णिमामा नगरपालिका र मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिनु भएको छ ।यसै बिच जनै पुर्णीमाका दिन इन्द्रावतीगाँउपालीका , पाँचपोखरी थाम्पालगाँउ पालीकामा पनी सार्बजनीक बिदा दिइएको छ ।