लाङटाङले उठायो चार करोड ५८ लाख ४५ हजार राजस्व
रुपक पुरी
लोकप्रिय समाचार
लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकबाट चार करोड ५४ लाख ४५ हजार ३ सय ३९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष ०७५र०७६ मा मात्रै २१ हजार ९ सय ४५ पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन् । निकुञ्ज क्षेत्रमा पर्यटन प्रवर्दनका कार्यक्रम सञ्चालन , पदमार्गको सुधार तथा होटल र लजको ब्यवस्थापन भएसङ्गै पर्यटकको सङ्ख्या वढेको निकुञ्जका सुचना अधिकारि शिवलाल गैरेले वताउनुभयो ।उहाँका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका मध्ये ५ हजार ५ सय ५९ जना नेपाली छन् ।
निकुञ्ज आउने पर्यटकहरु पर्यटकिय क्षेत्र लाङटाङ , धार्मिकस्थल गोसाइकुण्ड र ह्योल्मो सस्कृति अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् ।
साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटकहरु आउछन् । असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि बैशाख अन्तिमसम्म वढि पर्यटक आउने गरेको सुचना अधिकारी गैरेले वताउनुभयो ।
लाङटाङ घुम्न पर्यटकका लागि तिनवटा पदमार्ग रहेको छ । धुन्चे , गोसाइकुण्ड हुदै सिन्धुपाल्चोकको हेलम्बु हुदै मेलम्ची निस्कने पर्यटकको सङ्ख्या धेरै रहेको गैरेले वताउनुभयो । काठमाडौंवाट छोटो र सजिलो पदमार्ग भएकोले पनि लाङटाङ क्षेत्रमा स्वदेशी विदेशि पर्यटकको घुइँचो लाग्ने गरेको छ ।