सडकको लगानि, वालुवामा पानी
रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको मुख्य राजमार्ग , सहायक राजमार्ग र अन्य सडकसहित लगभग २६ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानिय ,प्रदेश र केन्द्रवाट आउने अधिकाङ्श वजेट जिल्लामा सडक निर्माणमा नै केन्द्रित रहेको देखिन्छ । जिल्लाभरिका सडकमध्ये १ सय १३ किलोमिटर सडकमा मात्रै सहज तरिकाले यातायातका साधनहरु सञ्चालन हुने गरेका छन् ।
तिनै तहका सरकारको बजेट हेर्दा कुल बजेटको लगभग ७० प्रतिशत सडकमै केन्द्रित छ । तर जिल्लामा सञ्चालित सडकहरूमा यातायात सञ्चालन गर्न नै समस्या छ ।
जिल्लाको स्वास्थ्य , शिक्षा , भन्दा पनि सडक नपुगेको गाउँ विरलै भेटिन्छ । सडक पुग्नु सकारात्मक भएपनि वर्षाको समय पहिरोको जोखिमले निकै घातक मानिन्छ । वर्षा लागेसगै हिउदमा बनाएका धेरै सडकहरू वाढि पहिरोजस्ता प्राकृतिक प्रकोपले ध्वस्त भएका छन् । तातोपानिदेखि हेलम्वु , पाँचपोखरि सम्मको ५० सडक हिलाम्मे बनेका छन् ।
ग्रामीण भेकका कच्ची सडक वर्षा सगै बन्द भएका छन् भने कतै मर्मतपछि सञ्चालनमा ल्याएको चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले वताउनुभयो ।